वडाध्यक्षले मनपरी गरेको भन्दै सदस्यहरुद्वारा ´पेन` डाउन

झापा एक्सप्रेस , ३६८६९  पटक हेरिएको

झापा एक्सप्रेस।झापाको झापा गाउँपालिका वडा नम्बर ७ मा वडाध्यक्ष सखिचन्द्र ठाकुरले मनपरी गरेको भन्दै वडा सदस्यहरुले पेन (कलम) बन्द गर्ने निर्णय गरेका छन् ।

जेष्ठ वडासदस्य बालकृष्ण सिटौलाको अध्यक्षतामा प्रेमप्रसाद गणेश,तुलसा कार्की र सरिता कामी सहितको भेलाले वडाध्यक्षले स्वेच्छाचारी ढङ्गले वडासदस्यहरु सँग कुनै सल्लाह नगरि मनोपोली निर्णय गरेको भन्दै कलम बन्द गर्ने निर्णय गरेका हुन् ।´हामी निर्वाचित भए देखी नै वडाका विविध कृयाकलाप विकास निर्माणका बजेट खर्च गर्दा,विद्युतको पोल वितरण गर्दा हामी वडासदस्यहरु सँग कुनै सरसल्लाह,परामर्श बिना आफ्नै मनोपोली ढङ्गबाट काम गराएको र खर्च गरेको काममा कुनै पारदर्शीता नभएकोले अब उप्रान्त यस विषयमा वडा कार्यसमितिको बैठक बसी वडाध्यक्षले कमिन्टमेन्ट गरि गल्ती सच्याउने प्रतिवद्दता नगरेसम्म हामी सदस्यहरुले कलम बन्द गर्ने निर्णय सर्वसम्मत गरियो’ भेलाको निर्णयमा लेखिएको छ।

वडासदस्यहरुको भेलाले वडाध्यक्षले स्वेच्छाचारी निरंकुश ढङ्गले गरिएका कामहरु भनेर टिप्पणी समेत उठाएका छन् ।

वडासदस्यहरुले गरेका निर्णय यसप्रकार छन् ।

प्रकाशित मिति: २०२३-०१-०८ , समय : ०८:५८:२९ , २ वर्ष अगाडि

error: Content is protected !!