कन्काई माविमा ३४ सम्मानित

झापा एक्सप्रेस , १२२९४  पटक हेरिएको

कनकाई-कनकाई नगरपालिका–३ स्थित कन्काई माध्यमिक विद्यालयले ३४ जना शिक्षासेवी तथा शिक्षाकर्मीलाई सम्मान तथा अभिनन्दन गरेको छ ।

विद्यालयको ६५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयको स्थापना, विकास र उन्नयनमा महत्त्वपूर्ण योगदान गर्ने शिक्षासेवीलाई सम्मान गरिएको हो । जिम्दार स्व. देवीप्रसाद उप्रेती, मास्टर स्व. कृष्णबहादुर खत्री, स्व. गंगाप्रसाद कार्की, स्व. विष्णुप्रसाद दाहाल, स्व. टठबहादुर कार्की, स्व. शिवप्रसाद मैनाली, स्व. राजाराम मुर्मू, स्व. कृष्णप्रसाद दाहाल, स्व.धर्मानन्द उप्रेती, स्व. खगप्रसाद ओली, स्व. चक्रबहादुर दाहाल, स्व. देवीप्रसाद ओली (डिट्ठा), स्व. देवनारायण मिश्र, स्व. बालकृष्ण उप्रेती, स्व. तुलसीदास श्रेष्ठलाई मरणोपरान्त अभिनन्दन तथा सम्मान गरिएको थियो । त्यसै गरी, शिक्षासेवीहरू चिरञ्जीवी उप्रेती, ताराकुमार श्रेष्ठ, झलकरमण सुवेदी, डिल्लीराम सिलवाल, मोहनप्रसाद कार्की, मानबहादुर माझी, भीमप्रसाद संग्रौला, पूर्व प्रअहरू कोमलप्रसाद पोखरेल र मदनकुमार पोखरेललाई सम्मान गरिएको थियो ।सो अवसरमा सेवा निवृत्त शिक्षक झरेन्द्रप्रसाद तिम्सिना, सेवा निवृत्त कर्मचारी नन्दलाल अधिकारी र पुण्यप्रसाद भट्टराईलाई सम्मानसहित विदाइ गरिएको थियो ।

कार्यक्रममा दीर्घसेवी उत्कृष्ट शिक्षकको रूपमा खड्गप्रसाद आचार्य र रोहिता खतिवडा तथा वर्ष उत्कृष्ट शिक्षकको रूपमा अमरेन्द्र मिश्र, खेमराज भट्टराई, मदनकुमारी बन्जरा, सरोज श्रेष्ठ र फूलमाया मुर्मूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।

गायनतर्फको प्रतिष्पर्धामा कन्काई ताराको विजेता विद्या लिम्बू, उपविजेताहरू दिया काफ्ले र प्रतीक्षा पोखरेल तथा नृतयतर्फ विजेता प्रकृति राजवंशी, उपविजेताहरू स्मृति अधिकारी र जागृति अधिकारीलाई नगद पुरस्कार प्रदान गरियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीको अध्यक्षता, प्रदेश नं. १ उद्योग, कृषि तथा सहकारी मन्त्री माननीय भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्य र शिक्षक प्रतिनिधि बल्लभकुमार गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल र उपप्रमुख आशा शर्मा शिवाकोटीलाई विशेष सम्मान गरिएको थियो । झापा क्षेत्र नं. ४ प्रदेश सभा सदस्य माननीय लख्खी गणेशको विशेष आतिथ्य रहेको कार्यक्रममा समाजसेवी चिरञ्जीवी उप्रेतीले २ लाख राशिको छात्रवृत्ति कोषको घोषणा गरेका थिए भने विद्यालयका पूर्व प्रअ, पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक कोमलप्रसाद पोखरेलले छात्रवृत्ति कोषका लागि २ लाख रुपैयाँको चेक विद्यालयका अध्यक्षलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रधानाध्यापक कर्णबहादुर डाँगीले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने शिक्षक–अभिभावक संघका अध्यक्ष रमेश शेर्पाले शिक्षक, अभिभावक, विद्यार्थी र शिक्षासेवी–चन्दादाताको संयुक्त प्रयासबाट नमुना विद्यालय बनाउन सकिने बताए । विद्यालयका मनोविज्ञान कार्यक्रमका प्रमुख डा. सुशील कडेँलले अभिभावकले आफूलाई समयानुकूल रुपान्तरण गर्दै बालमनोविज्ञानलाई ख्याल गर्दै पठनपाठन गर्नुपर्ने बताएका थिए । कार्यक्रममा प्रतिमान–गंगादेवी उत्कृष्ट छात्रवृत्ति कोष, रामप्यारी शिवाकोटी छात्रवृत्ति कोष, खड्ग–देवीमाया शिवाकोटी छात्रवृत्ति कोष, धनबहादुर सुवेदी स्मृति अक्षयकोष, विन्दा स्मृति अक्षय कोष, खुश्बू ओली प्रतिभा अक्षयकोष, पुण्यवती गौतम अक्षयकोष, कन्काई भूतपूर्व विद्यार्थी समाज कोषका तर्फबाट विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको थियो । त्यसै गरी, सो अवसरमा एसईई–२०७८ र कक्षा–१२ को बोर्ड परीक्षामा उत्कृष्ट हुने छात्रछात्रालाई पुरस्कार प्रदान गरिएको थियो ।

औपचारिक कार्यक्रम सहायक प्रअहरू हरिप्रसाद तिम्सिना, चन्द्रप्रसाद शिवकोटी र तीर्थराज खरेलले र सांस्कृतिक कार्यक्रमको सञ्चालन भीमप्रसाद दाहाल र हेमन्तिका उप्रेतीले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।

प्रकाशित मिति: २०२३-०१-२९ , समय : १८:४३:५३ , २ वर्ष अगाडि

error: Content is protected !!