झापा एक्सप्रेस , २७२०१ पटक हेरिएको
शरणामती।साहारा नेपाल साकोस लिमिटेडको दशौं विस्तारित भेला सम्पन्न भएको छ।सोमबार कनकाई नगरपालिका १ स्थित जामुनवारी सामुदायिक वनको सभाहलमा भेला सम्पन्न भएको हो ।
हरिबहादुर राजबंशीको अध्यक्षता र स्वास्थ्यमन्त्री पदम गिरीको प्रमुख आतिथ्यतामा भएको भेलामा संस्थाको वित्तिय अवस्थाको जानकारी गराउँदै संस्थाको आगामी कार्यदिशा बारे बताइएको थियो।संस्थामा हालको वित्तिय संकटको अवस्थाको विश्लेषण,यस आवको अर्धवार्षिक समीक्षा,मिसन ०८८,सदस्य सुनौ सदस्य बुझौं अभियान,कोष तथा तरलता व्यवस्थापन,सदस्यलाई फ्लेक्सी लोनको व्यवस्था ,आन्तरिक स्रोत बृद्दीको लागि बचतमा प्राथमिकता,उर्जा क्षेत्र सहयोग कार्यक्रम,उद्दमशिलता विकास र रोजगारी सिर्जना,सदस्यहरुको स्वास्थ्य सेवामा पहुँच,पालिका तथा प्रदेश सरकार सँग सहकार्य,कृषि तथा पशु व्यवसाय प्रवर्दन,बहस तथा पैरवी,जेष्ठ सदस्यहरुको सम्मान,सामाजिक सुरक्षा योजना,सदस्यहरुका लागि अध्ययन अवलोकन भ्रमण,सहकारी संस्थाहरुसँग एकीकरण लगायतका विषयमा गरेका कार्य र आगामी योजना बारे बताइएको थियो।
कार्यक्रममा विशेष अतिथी राजेन्द्रकुमार पोखरेलले समृद्द एक्लै नहुने भन्दै वित्तिय संस्थाले समृद्धिमा पुर्याएको योगदानको प्रशंसा गरे।
विशिष्ट अतिथी प्रदेश १ का उद्योग,कृषि तथा सहकारी मन्त्री भक्त्तीप्रसाद सिटौलाले साहारा आर्थिक क्षेत्र सबल र सुरक्षित हुनुपर्छ भन्दै साहारा सबैको साहारा बनोस भन्दै शुभकामना दिए।
कार्यक्रममा प्रमुख अतिथी स्वास्थ्यमन्त्री गिरीले करिव १९ हजार सहकारी भएको मुलुकमा साहारा सिंगो रास्ट्रले गर्व गर्न लायकको संस्था भएको बताए।’सामाजिक दावित्वमा अब्बल,कृषि क्षेत्रका उद्यमीहरुलाई जोड्नु भएको रहेछ गर्व लाग्दो कार्यक्रम लाग्यो गिरीले भने’।गिरीले साहाराकै कार्यक्रममा प्रशंस बदल्दै मुलुकको स्वास्थ स्थिती बिकराल भएको बताए ।आफू मन्त्री भएको कम समय भएको भन्दै स्वास्थ्य क्षेत्रमा अधिकतम सुविधाका लागि स्वास्थ्य विमा कार्यक्रम योजना अघि सारेको बताए।उनले सातै प्रदेशमा स्वस्थ्यको पहुँच पुराउँदै प्रबिधीयुक्त र जनशक्तीयुक्त अस्पताल निर्माण अभियानमा लागेको बताए।नागरिकलाई स्वास्थ्य क्षेत्रमा सुधार भएको अनुभुती दिलाउन आफू जुट्ने प्रतिवद्दता व्यक्त गरे।
सञ्चारकर्मी केशब भट्टराईले सञ्चालन गरेको कार्यक्रमको स्वागत संस्थाका वरिष्ठ उपाध्यक्ष हरी निरौलाले गरेका थिए।कार्यक्रममा राष्ट्रिय सहकारी महसंघका अध्यक्ष मिनराज कट्टेल,पुर्वमन्त्री तथा राष्ट्रिय सहकारी महासंघका सल्लाहकार कमलप्रसाद चम्लागाईं,राष्ट्रिय सहकारी बैंक अध्यक्ष केवी उप्रेती लगायतको आतिथ्यता रहेको थियो।
प्रकाशित मिति: २०२३-०२-०६ , समय : १५:४५:०३ , २ वर्ष अगाडि