निजी लगानीमा २२ लाखको गणेश भगवानको मुर्ती

झापा एक्सप्रेस , ३३१५८  पटक हेरिएको

इलामको माईजोगमाई गाउँपालिकाको धार्मिक एबम पर्यटकिय क्षेत्र नयाँबजारको दुर्गा मन्दिरको प्राङ्गणमा गणेश भगवानको प्रतिमाको विधिवत उद्घाटन गरिएको छ । २१ फिट अग्लो गणेशको प्रतिमा दुर्गा मन्दिरको प्राङ्गणमा सोमबार उद्घाटन गरिएको हो । माईजोगमाई गाउँपालिका नयाँबजारका युवा तथा व्यवसायी मुकेश भण्डारीले उक्त गणेशको प्रतिमा आफ्नै लगानीमा निर्माण गरेका हुन ।

मुर्ती निर्माण हुन भन्दा पहिले काम सम्पन्न हुँदा करिब १६ लाख भन्दा माथी खर्च हुने अनुमान गरिए पनि सम्पूर्ण काम सम्पन्न भैसक्दा २२ लाख खर्च लागेको भण्डारीले जानकारी दिए । सो गणेशको प्रतिमा लगभग नेपालकै अग्लो समेत रहेको र अन्त कतै तेति ठूलो मुर्ति नभएको भण्डारीले दाबी गरेका छन । हाल राजधानी काठमाडौ बस्दै आएका भण्डारीले आफु जन्मेको हुर्केको ठाउँलाई विश्वसामु चिनाउन साथै धार्मिक तथा पर्यटकिय क्षेत्र बनाउन पनि आफुले गणेशको प्रतिमा आफ्नै खर्चमा बनाएको बताए ।

मुर्ती उद्घाटन कार्यक्रममा दुर्गा मन्दिर संरक्षण समिती स्थानीयबासी समाजसेवी विभिन्न मन्दिरका बाबाजीहरु लगायत भण्डारि संयमको उपस्थितिमा गणेशको प्रतिमाको अनावरण गरिएको हो ।

रोजन आर्ट स्टुडियो धरानका कलाकारहरुले निर्माण गरेका उक्त गणेशको प्रतिमा नेपालकै ठूलो रहेको जानकारी दिए भने यति मेहेनतले मुर्ती निर्माण कार्य सम्पन्न गरेकोमा रोजन कला आर्ट धरानलाई भण्डारीले धन्यवाद समेत व्यक्त गरे । धार्मिक तथा पर्यटकिय क्षेत्रको प्रचुर संभावना भएको माईजोगमाई गाउपालिकालाई थप चिनाउन तथा आफू जन्मी हुर्की गरेको ठाउमा केही गर्ने हेतुले आफुले एकल लगानिमा उक्त प्रतिमा निर्माण गरेको मुकेश भण्डारिले बताए ।

दुर्गा मन्दिरको उद्घाटन केही बर्ष पहिले भएको हो भने नयाँबजारमै यलम्बरको र हाब्रे रेडपाण्डा को प्रतिमा समेत निर्माण भएसकेको छ यस्ले पर्यटन तथा धार्मिक हिसाबले टेवा पुग्ने समेत देखिन्छ ।

प्रकाशित मिति: २०२३-०२-०७ , समय : ०८:४६:२५ , २ वर्ष अगाडि

error: Content is protected !!