राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लगातार तेस्रो पटक जनता मावि प्रथम

झापा एक्सप्रेस , २२०५७  पटक हेरिएको

शरणामती-झापाको झापा गाउँपालिकामा भएको विद्यालयस्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जनता माविले प्रथम स्थान हात पारेको छ ।जनता माविले यो समेत गरेर लगातार तेस्रो पटक उपाधी चुमेको हो ।

शिक्षा शाखाको आयोजनामा जनता माविको खेलमैदानमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट जनता माविले ८ स्वर्ण ६ रजत ५ कास्य पदक प्राप्त गर्दै उत्कृष्ट बनेको छ ।

प्रतियोगिताको दोस्रो स्थानमा डिल्लीराज मावि पर्न सफल भएको छ ।डिल्लीराजले ७ स्वर्ण, ११ रजत र ६ कास्य पदक प्राप्त गर्न सफल भएको शिक्षा साखा प्रमुख जीवनप्रसाद ढकालले जानकारी दिनुभयो । त्यस्तै तेस्रो स्थानमा पर्न सफल टाईनिटस अंग्रेजी माविले ४ स्वर्ण, १ कास्य पदक प्राप्त गरेको छ । झापा गाउँपालिका प्रमुख जयनारायण साह,उपप्रमुख अन्जुदेवी थपलिया लगायतले उत्कृष्ट खेलाडीहरुलाई मेडल, ट्रफी र प्रमाण पत्र वितरण गर्नुभएको छ ।

जनता मावीको खेलमैदानमा यही माघ २६ गते देखि २८ गते सम्म सन्चालन भएको प्रतियोगितमा विभिन्न विधा समेटिएको शिक्षक रोहित पोद्दारले जानकारी दिनुभयो । अब समूहगत विधा बाहेकका स्वर्णधारी खेलाडीहरुले जिल्लास्तरीय प्रतियोगितामा सहभागीता जनाउँन पाउँने भएका छन् ।

खेलकुद व्यवस्थापन तथा निर्देशन समिति सदस्य सचिव सूर्यकान्त राउतको सभापतित्व र पालिका प्रमुख जयनारायण साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समापन कार्यक्रममा वादाध्यक्षहरु,विद्यालयका प्रधानाध्यापकहरु,शिक्षा सेवी लगायतको उपस्थिती रहेको थियो।

प्रतियोगितामा छनौट भएका खेलाडीलाई फागुन ९ देखि ११ गतेसम्म सञ्चालन हुने जिल्ला स्तरिय राष्ट्रपती रनिङशिल्ड छनौट खेलकुद प्रतियोगितामा सहभागी हुन पाउँने व्यवस्था गरिएको छ । जिल्लास्तरीय प्रतियोगिता कनकाई नगर खेलकुद विकास समितिको विषेश पहलमा कनकाईमै आयोजना हुने बताइएको छ

प्रकाशित मिति: २०२३-०२-११ , समय : २१:२०:५५ , २ वर्ष अगाडि

error: Content is protected !!