झापा एक्सप्रेस , २१३११ पटक हेरिएको
शरणामती।झापाको झापा गाउँपालिका वडा नम्बर २ बालुवाटारमा आयोजना गरिएको भागिरथी गंगा मेलाको आयव्यय सार्वजनिक गरिएको छ।माघे पुर्णीमाको अवसर पारेर माघ २० गते देखि २२ गते सम्म आयोजना गरिएको मेलाको आयव्यय विवरण सार्वजनिक गरिएको हो।
मेला समितिले सार्वजनिक गरेको विवरणमा मेला आयोजना गर्दा कुल १ लाख २४ हजार २ सय उन्नाईस रुपैयाँ प्राप्त गरेको आय उल्लेख छ।त्यस्तै खर्च भएको व्यय १ लाख ६६ हजार ३ सय त्रिपन्न रुपैयाँ रहेको छ।मेला समिति ४२ हजार १ सय चौतिस रुपैयाँ घाटामा रहेको छ।
स्थानीय गुफा माझीले २०२६ साल देखि चलाएको थितीलाई अहिले सम्म निरन्तरता दिइदै आएको मेला समितिका अध्यक्ष भिम घोर्सानेले बताए।प्रत्येक वर्ष माघी पुर्णिामाको अवसरमा लाग्दै आएको मेला यसपाली भने बृहतरुपमा आयोजना गरिएको थियो।मेलामा धर्मिक नाट्य प्रस्तुती साथै रोटेपिङ सर्कस लगायतका मनोरञ्जनका खेल समेत राखिएको थियो।
त्यस्तै मेला समापन सँगै भागिरथी गंगा मन्दिर व्यवस्थापन समिति समेत गठन गरिएको छ।भिम घोर्सानेको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरिएको छ।समितिको उपाध्यक्षमा निसाबु लिम्बू,सचिवमा राम मर्डी,कोषाध्यक्षमा दिल बहादुर लिम्बू,सदस्यहरु क्रमस डिल्लीराम हेमरम,प्रधान मुर्मु,गोपाल हास्दा,रत्नमाया बिस्ट,बसक माझी,अनिलाल माझी,गोपाल साह रहेका छन् ।
त्यस्तै सल्लाहकार समितिमा मिलन भुजेलको संयोजकत्वमा केशरबहादुर चम्लागाई,चरण मर्डी,चन्द्रप्रसाद भट्टराई र देवीप्रसाद न्यौपाने सदस्य रहेका छन् ।
प्रकाशित मिति: २०२३-०२-१२ , समय : १६:२७:१५ , २ वर्ष अगाडि