झापा एक्सप्रेस , १४२१४ पटक हेरिएको
शरणामती।सुन्दा अचम्म लाग्न सक्छ।एक्काइसौं शताब्दीमा अदृश्य शक्तीको त्रास भन्दा अपत्यार लाग्न सक्छ।विज्ञानले विभिन्न चमत्कार गरिरहेको बेला अदृश्य शक्तीले गाउँमा सन्त्रास सृजना गर्यो भन्दा आश्चार्य लाग्न सक्छ।
तर वास्तविक हो।झापा गाउँपालिका-६ स्थित भृकुटी चौकमा यस्तै घटना भएको छ।यहाँ स्थित बेनु भेटुवाल,श्याम अधिकारी,लयप्रसाद दँगाल,तेजप्रसाद दँगालको घरमा बिगत दुई दिन अघि देखि अदृश्य शक्तीले अनौठो क्रियाकलाप गरिरहेको स्थानीयले बताएका छन् ।
आइतबार साँझ ६.३० बजे अचानक टिनमा ढुङ्गा हानेको आवाज आयो।टिन देखि झरेर ढुङ्गा मेरो हातमा लाग्यो पनि हातको औंला देखाउदै स्थानीय पुष्पा भेटुवालले बताइन।उनको घरमा यो घटना घटेको भने अहिले होइन बिगत १ महिना अघि समेत बेसार पोको पारेर घर तिर फ्याल्ने,तर्साउने गरेको उनले सुनाइन।त्यसबेला समेत केही दिन तर्साएर पुन: एक महिना पछि अहिले तर्साउन थालेको दुई दिन भएको भेटुवाल बताउछिन।अहिले तर्साउने प्रारुप फेरेको छ अहिले ढुङ्गा हान्ने,आलुको माला बनाएर घर तिर फाल्ने गरेको उनले बताइन।
हिजो सोमबार राती ढुङ्गा हान्यो चारतिर हल्ला गरिउँ,५०/६० जना मानिस भेला भएर चारैतिर खोज्यौं तर कोही फेला पारिएन स्थानीय पुष्पादेवी दँगालले बताइन।
त्यहाँ वरिपरि रहेका चार घरमा यस्तो गतिबिधी गर्ने गरेको छ।हिजो लयप्रसाद दँगालको टिनको छानोमा दुई चोटि ढुङ्गा हान्यो।४०/५० जना मानिस ड्युटीमा रहँदा समेत ढुङ्गा हानेपछी मान्छे खोज्दा पत्ता नलागेको स्थानीयले बताएका छन् ।मानिस त्यही हुँदै साँझ ७ बजे तिर यी घटनाहरु घटेको बताइएको छ।यद्यपि कुनै मानिस भने भेटिएको छैन।अदृश्य शक्ति या कुनै मानिस?कसले गरेको हो यस्ता कृयाकलाप?यसै भन्न नसकेको स्थानीय बताउछन।
नोट-हामीले यो सामग्री अन्धविश्वासलाई बढवा दिन प्रकाशित गरेका होइनौ।हाम्रो उदेश्य यस्ता घटनालाई हतोत्साहित गर्दै आममानिसलाई सुरक्षित बनाउनु हो।
प्रकाशित मिति: २०२२-०३-१५ , समय : ११:३७:०७ , ३ वर्ष अगाडि