फ्क्तालुङ एजुकेशन फाउण्डेशनको १३ औं वार्षिकोत्सवका साथै विविध कार्यक्रमका

झापा एक्सप्रेस , ४०६७७  पटक हेरिएको

कनकाई-झापाको कनकाई नगरपालिका ७ स्थित आईइसओ प्रमाणपत्र प्राप्त गर्न सफल फ्क्तालुङ एजुकेशन फाउण्डेशनको १३ औ वार्षिकोत्सव विविध कार्यक्रमका.विच सम्पन्न भएको छ ।

विद्यालयका संस्थापक अध्यक्ष दुर्गा नेम्बाङको सभापतित्व एवम् राष्ट्रिय निजि तथा आवाशीय विद्यालयका केन्द्रिय उपाध्यक्ष जयबहादुर श्रेष्ठको प्रमुख आतित्यतामा आयोजित वार्षिकोत्सव र अभिभावक दिवश कार्यक्रममा विद्यार्र्थीहरुले जनचेतनामुलक नाटकका साथमा विविध सास्कृतिक कार्यक्रमहरुको प्रस्तुती दिएका थिए ।

अन्तराष्ट्रिय आइएसओ मान्यता प्राप्त गर्न सफल यस विद्यालयका विद्यार्थीले प्राप्त गरेको प्रमाणपत्र अव विश्व बजारमा गुणस्तर प्राप्त गर्न सफल बनेको प्रमुख अतिथि जयनारायण श्रेष्ठले बताउँनुभयो । कार्यक्रममा बोल्दै श्रेष्ठले सरकारले अझैपनि निजि र सरकारी विद्यालयमा अध्यानरत् विद्यार्थीको वहानामा विभेद गरिरहेको भन्दै यो शताब्दीमा विभेदकारी निति चाडै हटने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्राज्ञ पवन राजवंशी, प्रेम सेर्मा लिम्बु, संस्थापक शान्तिमाया सासेखाम, इष्ट होराईजन एजुकेशनका पिन्सिपल संजिव राई लगायातले यस क्षेत्रमा फक्तालुङ एजुकेशनले शिक्षा र सस्कृतिको जर्गेनमा पुर्याएको योगदानका वारेमा बोल्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न कल्चरल प्रस्तुती दिएका थिए ।

प्रकाशित मिति: २०२३-०२-२१ , समय : ११:०९:३४ , २ वर्ष अगाडि

error: Content is protected !!