झापा गाउँपालिकामा तीन दिने कोपोमिस तालिम सुरु

झापा एक्सप्रेस , ३६७८७  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिकामा सहकारी संस्थामा कार्यरत कर्मचारी तथा पदाधिकारीहरुको लागि सञ्चालित तीन दिने कोपोमिस (copomis -Co-operative and Poverty Management Information System) तालिम सुरु भएको छ।

झापा गाउँपालिका सहकारी शाखाको आयोजना तथा सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र,नयाँ बानेश्वर काठमाण्डौको सहजीकरणमा तीन दिने तालिम सुरु भएको हो।६ नम्बर वडाकार्यालयको सभा हलमा सुरु भएको कार्यक्रमको उद्घाटन गाउँपालिका उपप्रमुख अन्जुदेवी थपलियाले गर्नुभयो।

तालिममा सहभागी सहकारीमा कार्यरत कर्मचारी तथा पदाधिकारीलाई प्रशिक्षकले सहकारी व्यवस्थापन सबन्धी सुचना प्रणालीको बारे सचेतना दिनु हुने सहकारी शाखा प्रमुझ पुर्णचन्द्र मैनालीले बताउनु भयो।

प्रकाशित मिति: २०२३-०२-२७ , समय : १९:४४:०६ , २ वर्ष अगाडि

error: Content is protected !!