कनकाई र बिर्तामोडबाट लागुऔषधसहित चार जना पक्राउ

झापा एक्सप्रेस , १६८५८  पटक हेरिएको

झापा। झापाको कनकाई नगरपालिका–३ र बिर्तामोड नगरपालिका–४ बाट प्रतिबन्धित लागुऔषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा शिवसताक्षी नगरपालिका–८ का २६ वर्षीय मदन विश्वकर्मा र कनकाई नगरपालिका–४ का ४१ वर्षीय बासुदेव भेटवाललाई २ ग्राम ३६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो भने लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ स्थितमा संकास्पद अवस्थामा बसीरहेका राजबिराज नगरपालिका–७ सप्तरीका ३५ बर्षीय मो. नसिम र सखुवानकरकट्टी गाउँपालिका–२ सिरहाका २० बर्षीय शिवशंकर यादबलाई चेकजाँच गर्दा उनीहरुको साथबाट १२ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।

प्रतिबन्धित लागु औषध ब्राउनसुगर बरामद भएसंगै उनीहरुले प्रयोग गरेको स. ६ प ५६११ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: २०२३-०३-०२ , समय : १७:००:५७ , २ वर्ष अगाडि

error: Content is protected !!