झापा एक्सप्रेस , १६३३४ पटक हेरिएको
कनकाई। झापाकाे कनकाईमा जारी जिल्ला स्तरीय महिला फुटबलको दाेस्राे दिनकाे खेलमा जुनतारा महिला फुटबल क्लव खुदुनाबारीले जीत हासिल गरेको छ ।
कनकाई माविकाे खेल मैदानमा संचालन भएकाे प्रतियोगिताकाे दाेस्राे दिन बाह्रदशी महिला फुटबल क्लवसँग भएको प्रतिस्पर्धामा ५-0 गाेलकाे फराकिलाे अन्तरले खुदुनाबारीले जीत हासिल गरेकाे प्रतिष्ठानका अध्यक्ष छवि थपलियाले जानकारी दिए ।
खुदुनाबारीकालागी रचना राईले र कंचन बिमलीले २ /२ गाेल गरे भने आशिका राईले थप १ गाेल गरेर आफ्नो टिमलाई अग्रता दिलाए ।खेलकाे प्लेयर अफ द म्याच विजयी टिमकी वर्षा मगर घाेषित भइन । उनलाई व्यवसायी विरेन्द्र मैनालीबाट प्राप्त सहयाेग रकम रू २ हजार प्रतिष्ठानका सल्लाहकार राम निराैलाले प्रदान गरे । सुक्रबारकाे खेल दमक र सालबारी विच हुने आयाेजकले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०३-०३ , समय : ०८:३१:३९ , २ वर्ष अगाडि