झापामा सुत्केरीलाई तिनहजार पोषण भत्ता

झापा एक्सप्रेस , २५४६०  पटक हेरिएको

लेखनाथ चापागाईं

शरणामती –मुलुकका कयन पालिकाले सुत्केरी र शिशु स्याहारमा अलग अलग कार्यक्रम ल्याएका छन्। झापाको झापा गाउँपालिकाले भने सुत्केरी महिलालाई पोषण भत्ता दिने गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा दुइ हजार रुपैयाँ पोषण भत्ता दिने गरेको गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/८० मा भने एक हजार बढाएर तिन हजार बनाएको हो ।आगामी दिनमा अझ यस कार्यक्रमलाई बढाउदै लैजाने गाउँपालिका उपाध्यक्ष अन्जुदेवी थपलियाले बताउनु भयो ।

शिशुको ३५ दिन भित्र जन्मदर्ता गराएमा मात्र सुत्केरी तथा शिशु स्याहार कार्यक्रम अनुसार भत्ता पाउने सामाजिक सुरक्षा तथा पन्जिकरण शाखाका प्रमुख गौरब संग्रौलाले बताउनु भयो ।गाउँपालिकाले व्याक्तीगत घटना दर्तामा गाउँबासीलाई प्रोत्साहन गर्न यस्तो कार्यक्रम ल्याएको संग्रौलाको भनाइ छ ।

३५ दिन भित्र जन्मदर्ता गर्ने परिवारलाई बाल पोषणका लागी प्रति सुत्केरी सहायता रु तिन हजारका दरले यस चालु आर्थिक वर्षमा संघीय सरकारको राजस्व बाँडफांड शिर्षकबाट कुल १० लाख बजेट छुट्याइएको पोषण कार्यक्रमका फोकल पर्सन राजु उरावले बताउनु भयो ।

गाउँपालिकाले गाउँबासीको हितमा निरन्तर कार्यक्रम संचालन गरेको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताउनु भयो ।‘हामीले जनतासँग जोडिन मानिस जन्मेदेखी मृत्यु हुन्जेल सम्म आर्थिक सहायताको कार्यक्रम ल्याएका छौ उहाँले भन्नु भयो हामीले सुत्केरीलाई प्रसुती गराउन् समेत दोहोरो एम्बुलेन्सको भाडा दिने गरेका छौ ,यो सेवा लिन गाउँपालिका सिधै आए हुने उहाँले जानकारी दिनु भयो ।

साहले गाउँबासीको मृत्यु सस्कारका लागी समेत सहायता रकम १५ हजार रुपैयाँ मृतकका परिवारलाई दिने गरेको बताउनुभयो ।

प्रकाशित मिति: २०२३-०३-०४ , समय : १६:२६:४० , २ वर्ष अगाडि

error: Content is protected !!