झापा एक्सप्रेस , १४२७६ पटक हेरिएको
टिकाराम बास्तोला
हल्दीबारी –हाल्दीबारी गाउँपालिका वडा नं १ का बिद्यार्थी समूहको आयोजनामा वडा स्तरीय नृत्य तथा गायन प्रतियोगिता सम्पन्न भएको छ ।
वडाका ७ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगिता कार्यालयको सभाहलमा सम्पन्न भएको हो । वडा नम्बर १ भित्र रहेका बालबालिकाको प्रतीभा प्रस्फुटन गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको समूहका सदस्य भुवन कार्कीले बताएका छन् ।
कार्यक्रममा नृत्य तर्फ बिन्ध्या पौडेल,खुसी मोक्तान ,सन्ध्या ग्रुप ,प्रबेश न्यौपाने,सुबिना सिगु,लक्ष्मी ग्रुप,सुप्रिया सिवाकोटी,पृती बिष्ट ,आशिका ग्रुप,कृस्टीका लिम्बू ,सानू दर्जी लगायतको सहभागीता रहेको थियो।नृत्य प्रतियोगितामा आशिका ग्रुपले प्रथम स्थान हासील गरेको थियो।सुप्रीया सिवाकोटी दोस्रो भएकी थिइन्।
यसैगरी गायन तर्फ शिशिर लोहार, युगिता लिम्बू, रोजि बिश्वकर्मा लगायतले सहभागीता जनाएका थिए। गायन तर्फ शिशिर लोहार प्रथम, युगिता लिम्बू दोस्रो भएकी थिइ्न।
प्रतियोगितामा रुस्मा पाठक ,टिकाराम क्षेत्री,अम्बिका महतो र सान्ता उप्रेती निर्णायक मण्डलमा रहेका थिए।
अनुप सासंखरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी इन्द्रेणी युवा क्लबका अध्यक्ष मनोज राईले यस्ता कार्यक्रम हल्दिबारी गाउँपालिका भित्र सबै वडा मा गर्न जरुरी रहेको बताए।‘हरेक बालबालिकाले यस्ता कार्यक्रमहरुमा सहभागीता जनाउदै अगाडी बढ्न जरुरी छ राइले भने ‘।
विद्यार्थी समूहका सदस्य भुवन कार्कीले संचालन गरेको कार्यक्रममा हल्दिबारी सिर्जन्जिल युवा क्लबका अध्यक्ष मिलन विश्वकर्मा लगायतले मन्तव्य राखेका थिए।
प्रकाशित मिति: २०२३-०३-०४ , समय : २०:१४:२८ , २ वर्ष अगाडि