झापा एक्सप्रेस , १६२१९ पटक हेरिएको
झापामा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा झापा गाउँपालिका- ५ बस्ने २२ वर्षीय देवेन्द्र चौधरी (समीर) र मेचीनगर नगरपालिका- १० धुलाबारी बस्ने २४ वर्षीय खातिबुल महमद रहेका छन् ।
बुधवार बिहान साढे ११ बजेको समयमा इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका- १ स्थित लसुनामा समीरलाई चेकजाँच गर्दा उनको साथबाट २ ग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०३-०८ , समय : २१:२५:५५ , २ वर्ष अगाडि