Jhapa Express , १९८९८ पटक हेरिएको
झापामा एकपछि अर्को आगलागिका घटना वढन थालेको छ । पछिल्लो पटक झापाको पर्यकटीय क्षेत्र दोमुखामा आगलागी हुदा ४ पसल र एउटा युवा क्लवको कार्यालय जलेर नष्ट भएको छ ।
विहीबार राती करिब १ बजेको समय दोमुखामा रहेका चार होटल र एउटा युवा क्लबको भवन जलेर नष्ट हुदा ठुलो क्षति भएको हो । क्षतिको विवरण संकलन गरिरहेको शिवसताक्षी नगरपालिका १० का वडाअध्यक्ष कर्णबहादुर थापाले बताउँनुभयो । आगलागिबाट सोही स्थानमा पसल गर्ने ४३ बर्षिय बालिका भण्डारी र उनका १४ बर्षिय छोरी अस्मिता भण्डारी जलेर घाईते भएका छन घाईतेको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
शिवसताक्षी न.पा. १० स्थित दोमुखामा सञ्चालितल डम्बर मगर, किशोर लिम्बु, जय थपलिया, हरि भण्डारीको होटल र दोमुखा युवा क्लबको भवनमा आगलागी भएको हो । तीन ओटा दमकलको सहायताबाट आगलागी नियन्त्रणमा आएको वडाअध्यक्ष थापाले बताउँनुभयो । विद्युत सर्ट भई आगलागि भएको र दोकानको कुनै सामानहरु नवचेकोले ठुलो क्षति भएको स्थानीयले बताएका छन । आगलागि अढाई घण्टामा प्रहरी, स्थानीय र दमकलको सहायताले नियन्त्रणमा लिएको हो । दोमुखा पर्यटकिय स्थलले आफ्नो व्यावसायीक भवन बनाएर भाडामा दिदै आएको थियो सोही व्यावसायिक भवनमा आगलागि भएको हो ।
प्रकाशित मिति: २०२२-०२-२७ , समय : ०८:१६:५६ , ३ वर्ष अगाडि