झापा एक्सप्रेस , २०८१६ पटक हेरिएको
मोरङ- कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको प्रदर्शनका बीच प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । यस क्रममा चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
झडपको क्रममा सशस्त्र प्रहरीले भीड नियन्त्रणमा लिन चार राउन्ड हवाई फायर गर्नुका साथै दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।
प्रदर्शन उत्तेजित बन्दै गएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको जनाएको छ ।
साथै अहिले प्रदर्शन नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीहरूको संख्या बढाइएको छ । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरी आदिवासी जनजाति समुदायले प्रदर्शन गर्दै आएका छन् ।
आइतबार मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको हो । आइतबार दिउँसोसम्म प्रदर्शनकारी र प्रहरीबीच ढुंगामुढा चल्दा विराटनगर तनावग्रस्त बनेको छ ।
पहिचान पक्षधरहरूले ‘कोशी प्रदेश’ नामांकनको विरोधमा प्रदेशसहित संघीय राजधानी काठमाडौंमा पनि प्रदर्शन गर्दै आएका छन् ।
प्रकाशित मिति: २०२३-०३-१९ , समय : १६:३२:२२ , २ वर्ष अगाडि