दशैमा रमाउँने मन क्रिसमसमा दु:खी नहोस्,भजनमा नाच्ने मनले कुरान को भाव बुझोस्

झापा एक्सप्रेस , २५६१२  पटक हेरिएको

कबिता-सत्य को हो असत्य के भन्न म देवता होईन,

भिन्न भिन्न धर्म छन् देउता भिन्न भिन्न
जाति सबै एउटै मान्छे धर्म भिन्न भिन्न
मन्दिर को त्यो पुजारी मस्जिद को इमाम
लक्ष्य एउटै शान्ति कारण भिन्न भिन्न।

इष्ट देवता कुल देउता हिन्दु रित माने पनि
जेसिज क्रिस्ट देउता मेरा बराबर ठान्छु मनी
ज्ञान ठूलो मेरा लागि छैन भेद पनि
मुस्लिम को त्यो मस्जिद देखे पकै झुक्छु म नी।

संस्कार मेरो सत्य को हो विभेदको होइन
देउता मेरो मान्छु सबै को हो महान् जन्या छैन
जन्मिँदै निश्चित धर्म मेरो बाबा आमा जस्तै
अस्थिक नैं हो नास्तिक म पकै पनि होईन।

सत्य को हो असत्य के भन्न म देवता होईन
तेरो धर्म झुटो मेरो साँचो भने सोच राख्या छैन
मानदिन म कुरा हरु आफै बनाइएका
कुनै धर्म देवता आई म सृष्टि कर्ता भन्या छैन।

मेरा पाइला सधैँ बुद्ध शान्ति मार्ग चलुन
गुरु देव महेश्वर मन्त्र सँधै मन मा गञ्जिउन
जेसिजक्रिस्ट काे शिक्षा ज्योती मन मा बगोस्
चाहन्छु मेरा यि आँखाले सबैलाई सम्मान देखोस्

हिँड्दा हिँड्दै बिराए बाटो अल्ला हुन् बाटो देखाउने
रुदा रुदैँ हार छु जब कृष्ण हुन् हात दिहि उठाउने
महान छन् सबै महान आफना आफना ठाउँमा
किन टाढा गरौ ईश्वर लाई म धर्म काे नाम मा

देवता नाम त सबै को आफ्नै आफ्नै छ
नाम फरक् सोच विचार सबै एउटै नै छ
किन् गर्नु मैले तर्क मेरै धर्म ठुलाे भनी
विश्वाश नैं हो ठुलो विश्वाश सबै धर्म मा छ।

दशैमा रमाउँने मन क्रिसमस मा दुखी नहोस्
भजनमा नाच्ने मन ले कुरान को भाव बुझोस्
सात्य छु म सत्य सबै सबै काे मान नै भने बुझोस्
गीता मा ढोग्ने शिर बाइबल मा पनि झुकोस् ।

नाम :समिक्षा उप्रेती
ठेगाना:कनकाई-३
कक्षा;१२

प्रकाशित मिति: २०२३-०३-२० , समय : २१:१०:४० , २ वर्ष अगाडि

error: Content is protected !!