सिएम शर्मा , ८५६५ पटक हेरिएको

सुरुङ्गा-कनकाई नगरपालिका वडा नम्बर ४ शान्ति टोलमा निर्माण सम्पन्न भई शुक्रबार उद्घाटन गरिएको सडक कनकाईकै नमुना सडक भएको बताइएको छ ।
स्थानीय उपभोक्ता , कनकाई नगरपालिका वडा नं. ३ र ४ साथै नगरपालिकाको साझेदारीमा कनकाई ४ शान्तिटोलको पश्चिम तर्फ लक्ष्मी मार्गबाट पुर्व तर्फ कनकाई ३ को योगमाया मार्ग सम्म जोड्ने २० फिट चौडा रहेको , कनकाई ४ क्षेत्रमा २२६ मिटर र ३ क्षेत्रमा ७५ मिटर गरि जम्मा ३०१ मिटर सडकमा पेभर्स प्रयोग गरी निर्माण सम्पन भएको सडकको शुक्रबार एक कार्यक्रम बिच कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल , कनकाई वडा नं. ३ का अध्यक्ष रुद्रप्रसाद चिमरिया र वडा नं. ४ का अध्यक्ष गोविन्द पौडेलले संयुक्तरूपमा रिवन काटी उद्घाटन गर्नुभएको हो ।
शान्ति टोल १ नम्बर मार्ग निर्माण समितिले झण्डै ३२ लाख@©०को लागतमा संपन्न गरेको मार्ग निर्माणका लागि स्थानिय उपभोक्ताबाट ७ लाख ६६ हजार अाठ सय , नगरपालिकाबाट ५ लाख ७० हजार , कनकाई ३ बाट २ लाख ५० हजार र कनकाई ४ बाट १५ लाख ५० हजार प्राप्त भएको थियो । उक्त मार्ग स्थानीय युवाहरुबाट संचालित एबीसी कंक्रिट एण्ड कन्ट्रक्सन प्रालिको सल्लाह र सहयोगमा उपभोक्ता समितिले निर्माण गरेकोे हो ।
सडक उद्घाटन पछि बोल्दै नगर प्रमुख पोखरेलले शान्ति टोलले गरेको कामको प्रशंसा गर्दै शान्ति टोल १ नम्बर मार्ग नगरमा पेभर्सबाट बनेका अन्य मार्ग भन्दा फराकिलो , लामो साथै उत्कृष्ट भएको र नगरकै नमुना रहेको भन्दै टोल भित्रका अरु सडक निर्माणका लागि यसले पक्कै पनि हौसला प्रदान गरेको हुनुपर्ने बताउनु भयो । त्यसै गरि वडा नम्बर ३ का वडा अध्यक्ष रुद्रप्रसाद चिमरियाले शान्ति टोलकै सक्रियताले यश टोल संग जोडिएको ७५ मिटर सडक ३ मा पनि निर्माण भएको बताउनु भयो भने वडा नम्बर ४ का अध्यक्ष गोविन्द पौडेलले वडा ४ मा सबै सडक कच्ची भएको अबस्थामा यो ५ बर्षको अबधिमा सडकको स्तरोन्नति तर्फै लाग्नु परेको जानकारी गराउदै यस्तो अबस्थामा यो मार्ग नमुना मार्ग बनेको र अब अरु मार्ग पनि यसरिनै बनाउदै जाने बताउनु भयो ।
शान्तिटोल विकास संस्थाले सडक उद्घाटन संगै अन्तरक्रिया कार्यक्रम समेतको अायोजना गरेको थियो । अन्तरक्रियामा टोल विकास संस्थाका संयोजक दुर्गा प्रसाद चापागाईंले हालसम्म संस्थाले गरेको काम , भावीयोजना र काम गर्दै जादा भोगेका कठिनाइ र सहयोग प्रस्तुत गर्नुभएको थियो भने शिक्षक बुद्धिजीवी खड्ग प्रसाद बिमलि , स्थानिय उपभोक्ता पुर्ण पोखरेल , पत्रकार चुडामणि तिम्सिना लगायते कृषि मल , तालिम र सहभागीता , इन्डक्सन चुल्हो जस्ता विषयमा जिज्ञासा राख्नु भएको थियोे । उक्त जिज्ञासामा कार्यक्रमका प्रमुख अतिथि तथा कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले स्पस्ट पार्नु भएको थियो ।
कार्यक्रममा कनकाइ ३ का वडा अध्यक्ष रुद्रप्रसाद चिमरिया , कनकाई ४ का वडा अध्यक्ष गोविन्द पौडेल , कनकाई वडा ३ र ४ का वडा सदस्हरु छवि थपलिया , युवराज चौलागाईं , रोशन सुवेदी , गिता कडेल दर्जी , शिक्षा सेवि बुद्धिजीवी डा. पुण्यप्रसाद पौडेल , खड्ग प्रसाद बिमली युवा व्यवसायी दिपक चापागाईं समाजसेवि तार कुमार कार्की , गोविन्द चापागाईं , जेष्ठ नागरिक शुदर्शन निरौला , एबीसी कंक्रिट एण्ड कन्ट्रक्सन प्रालिका सन्चालकहरु टिकाराम अधिकारी , गोकुल उप्रेती , निलकृष्ण उप्रेती लगायतको अातिथ्यता साथै स्थानीय उपभोक्ताको बाक्लो उपस्थित रहेको थियोे ।
शान्ति मार्ग १ निर्माण समितिका संयोजक पुर्ण बहादुर बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सबैलाई शान्ति टोल विकास संस्थाका उपाध्यक्ष भवानि नीरौलाले स्वागत गर्नुभएको थियो भने सन्चालन निर्माण समितिका सचिव गुरु प्रसाद गौतमले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२२-०३-१९ , समय : १७:५६:४० , ३ वर्ष अगाडि