‘ओल चिकी’ प्रशिक्षण कार्यक्रम सम्पन्न

झापा एक्सप्रेस , ३६५२९  पटक हेरिएको

शरणामती-नेपाल सन्थाल आदिवासी उत्थान संघ रंगेली इकाई समितीको आयोजना र रगेंली नगरपालिकाको आर्थिक सहयोगमा २५ दिने सन्थाली भाषा ‘ओल चिकी’ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

रंगेली नगरपालिका- ८ मा उपमेयर भुमा पराजुलीको प्रमुख आतिथ्यता र रंगेली वडा न. ०८ का वडा सदस्यहरु, नेपाल सन्थाल आदिवासी उत्थान संघ केन्द्रिय समितिका पदाधिकारीहरु, जाहेरथान माझी नेपालका पदाधिकारीहरु र गाउँका माझीहाडामहरुको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

नेपालमा आफ्नो सन्थाल लिपीलाई उत्थान गर्नका लागि यो प्रशिक्षण गरिएको बताइएको छ ।करिब ५० जना विभिन्न उमेर समुहका सन्थाल समुदायका विद्यार्थीहरु तालिम प्रशिक्षण लिएका थिए।

सन्थाल समुदायको आफ्नै लिपि छ, ‘ओल चिकी’ लिपि भनेर भनिन्छ । लिपिको अविष्कार भारतका प्रसिद्ध साहित्यकार स्व. पण्डित रघुनाथ मुर्मुले सन १९२५ मा गरेका थिए, यो लिपिले बैज्ञानिक मान्यता पनि प्राप्त गरेको छ । भारतका विभिन्न राज्यमा विद्यालय र विश्वविद्यालयहरुमा यहि लिपिबाट पढाइ हुन्छ ।

हाल नेपालमा पनि शिबु मुर्मुले नेपालमा पहिलो पटक ओल चिकी लिपिलाई नेपालीमा अनुवाद गरेका छन।नेपाल सरकारले पनि सन्थाल बाहुल्यता भएको ठाउँमा सन्थाल विद्यालय स्थापना गरिदिए प्राथमिक शिक्षा सन्थाली लिपी र भाषामा पढ्न सके सन्थाली लिपिको संरक्षणमा टेवा पुग्ने मुर्मुले बताए।

प्रकाशित मिति: २०२३-०३-२६ , समय : १८:०८:४३ , २ वर्ष अगाडि

error: Content is protected !!