झापा एक्सप्रेस , २६९८८ पटक हेरिएको
शरणामती-झापाको झापा गाउँपालिका-३ स्थित गैरीगाउँमा चैत्र ८ गते देखी सुरु भएको श्रीमद देवि भागवत धन धाञ्यान्चल नवाह समावेसी ज्ञान महायज्ञमा भक्तजनहरुको घुइँचो लागेको छ ।
यही चैत ८ गतेदेखि सुरु भएको पुराण १६ गतेसम्म सञ्चालन हुँदैछ । पुराणमा सुप्रसिद्ध कथा वाचक आचार्य पण्डित छविरमण निरौलाको प्रमुख वाचन र पण्डित भुवनाथ पौडेलको उपवाचकत्व रहेको छ ।गाउँपालिका प्रमुख जयनारायण साहले उदघाटन गर्नु भएको पुराणमा दैनीक एक हजार भन्दा बढीले भाग लिने गरेको मूल आयोजक समितिका सदस्य किरण विश्वकर्माले जानकारी दिनुभयो ।
हिजो सोमबार साँझ झापा क्षेत्र नम्बर ४ का संघीय सांसद एलपी सावाँ लिम्बु उपस्थित भएको पुराणमा करिव ७ सय भन्दा बढी भक्तजनहरुको सहभागीता रहेको विश्वकर्माले बताउनुभयो ।
पुराणको विशुद्ध उद्देश्य धार्मिक तथा सामाजिक कार्यहरु गर्नका लागि एउटा सामुदायिक भवन निर्माणको उद्धेश्यले यस क्षेत्रमा पहिलो पटक समावेशी महायज्ञ लगाइएको विश्वकर्माले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-०३-२८ , समय : १८:१९:४१ , २ वर्ष अगाडि