झापा एक्सप्रेस , ११६१६ पटक हेरिएको
लेटाङ , २१ चैत । एमाले निकट जनप्रतिनिधिले सरकारी गाडी दुरुपयोग गरेर ग्रासरुट कार्यक्रममा सहभागी भएको आरोप आईरहदा एमाले ग्रासरुट कार्यक्रममा शिक्षकहरु समेत बिध्यालय समयमा पोशाकमै सहभागी हुन थालेका छन ।
लेटाङ नगरपालिका वडा नं. ६ मा रहेको पब्लिक प्राबिका प्रधानाध्यापक हरिप्रसाद धिमाल एमालेले सन्चालन गरेको ग्रासरुट कार्यक्रममा बिध्यालयको समयमै सहभागी भएका हुन ।
त्यस्तै शान्ति भगवती माविका शिक्षक गोपाल बाराकोटी समेत यस कार्यक्रममा सक्रिय रुपमा सहभागी भईरहेका छन ।
एमाले पार्टिको कार्यक्रममा कतै प्रशिक्षक त कतै सहभागिका रुपमा शिक्षकको सहभागिताले जनस्तरमा प्रश्न उठ्न थालेको छ ।
संचालन गरिरहेको राजनितिक क्रार्यक्रममा शिक्षकले सरकारी पोशाकमा सहभागिता जनाईरहेता पनि सम्बन्धित निकाय रमिते बनिरहेको छ ।
यस बिसयमा शिक्षा शाखा लेटाङका प्रमुखलाई सोध्दा शिक्षक त्यसरी राजनितिक कार्यक्रममा जान नसक्ने बताउनुभयो ।त्यसो त शिक्षकले सहकारीमा समेत पद लिन मिल्दैन तर शिक्षक गोपाल बाराकोटिलाई लेटाङ नगरपालिकाले सहकारी महासंघको अध्यक्ष नै बनाएको छ।
प्रकाशित मिति: २०२३-०४-०४ , समय : २१:२८:४३ , २ वर्ष अगाडि