समाचार प्रभाव -मजदुरले पाए पारिश्रमिक

झापा एक्सप्रेस , २८२६९  पटक हेरिएको

शरणामती-झापाको झापा गाउँपालिका वडा नम्बर ३ मा निर्माण भइरहेको १० शैयाको अस्पतालमा काम गर्ने मजदुरले पारिश्रमिक पाएका छन्।

मजदुरले ठेकेदारले काम गरेको रकम नदिएको भन्दै आज बुधबार बिहान ८ बजे देखी १० बजे सम्म झापा गाउँपालिकाको मूल गेटमै भोक हड्तालमा बसेपछी झापा एक्सप्रेसले यस समाचारलाई प्राथमिकताका साथ प्रशारण गरेको थियो ।मजदुर राम यादवले ठेकेदार उमेश श्रेष्ठबाट आफुले ठेक्क्कामा लिएको काम सकेको तर श्रेष्ठले बक्यौता रकम अहिले सम्म नदिएको बताएका थिए ।झापा एक्सप्रेसको कुराकानीमा आफुसँग काम गर्ने मजदुरले पैसाको अभावमा भोकभोकै रहनुपरेको उल्लेख गरेका थिए।उनले झापा गाउँपालिका न्यायीक समितिमा समेत पटक-पटक छलफल गरेपनि ठेकेदारले पैसा नदिएको बताएका थिए ।

यता यसै विषयमा न्यायीक समितिकी संयोजक अन्जुदेवी थपलियाले ठेकेदारसँग मजदुरले पाउने पारिश्रमिक कति हो सत्यतथ्य बुझेर मजदुरलाई न्याय दिलाउने प्रतिवद्दता गरेकी थिइन् ।

यसरी मजदुरको आवाज चौतर्फी गुन्जिएपछी गाउँपालिका न्यायीक समिति,मजदुर संघका प्रतिनिधी र सम्बन्धित ठेकेदारसँग गाउँपालिकाको न्यायीक समितिको कक्षमा छलफल भएको छ ।छलफलमा सम्बन्धित ठेकेदार पक्षले मजदुरले पाउने बक्यौता रकम एक लाखको चेक दिएको न्यायीक समितिका सदस्य बालकृष्ण सिटौलाले बताए ।‘मजदुर तर्फका राम यादवले १० लाखमा ठेक्का लिनु भएको काममा पाउन बाँकी रहेको एक लाख देखियो,बिचमा जेसीबीले पनि काम गरेको रहेछ,उहाँहरुलाई चैत्र ३० गतेको एक लाखको चेक काटेर दिएर छलफल निष्कर्षमा पुर्याइयो ‘सिटौलाले भने ।

र यो पनि हेर्नुहोस

https://fb.watch/jJd63t2sET/

प्रकाशित मिति: २०२३-०४-०५ , समय : १९:२८:१८ , २ वर्ष अगाडि

error: Content is protected !!