कनकाईमा सार्वजनिक भयो, सर्वगुण युक्त आधुनिक CSEB इन्टरलक इट्टा

झापा एक्सप्रेस , २०७८७  पटक हेरिएको

टिकाराम बास्तोला
कनकाई- झापाको कन्काई नगरपालिकामा आज झापा स्टेन्डड कङ्त्रिट उद्योगको आयोजना साथै बुइल्द उव्प नेपालको सहकार्यमा आज एक विशेष कार्यक्रम गरि नयाँ ब्लक(इटा) सार्वजनिक भएको छ।नगर उपप्रमुख ले उद्योगले उत्पादन गरेको पहिलो इटामा हस्ताक्षर गर्दै आजको मिति लेखेर इट्टा सार्वजनिक गर्न भएको थियो।

सुरुङ्गाको डिलाईट होटल को सभा हलमा एक विशेष कार्यक्रम साथै अन्तरक्रिया गर्दै , ईटाको बारेमा प्रशिक्षण दिएर इटा सार्वजनिक गरिएको थियो।

एक पटकमा दुई इट्टा निस्कने मेसिन बाट उत्पादन भएको दुई मध्ये एक इट्टा मा नगर प्रमुख को हस्ताक्षर गर्ने कार्यक्रम थियो , वहाँ व्यस्तताको कारण आउन सक्ने भएन तेसैले उप प्रमुख आशा शर्मा शिवाकोटीको हस्ताक्षर बाट ईटा सार्वजनिक गरिएको उद्योगका प्रबन्धक निर्देशक प्रतीक राजवंशीले बताए।

कार्यक्रममा कन्काई नगर उपप्रमुख आशा शर्मा सिवाकोटी,कन्काई नगरपालिका वडा १,२,३ का वडा अध्यक्ष , वडा सदस्यहरु यसैगरी नेपाली कांग्रेश कन्काई नगर सभापति दुर्गा प्रसाईं कन्काई सामुदायिक वन का अध्यक्ष ख्याम ओलि, लगायत विभिन्न सस्थाका प्रतिनिधिहरु र केही युवाहरुको उपस्थिति रहेको थियो।

सुष्मिता चित्रकार र काजल प्रधानले अन्तरक्रिया साथै प्रशिक्षण कार्यक्रम सन्चालन गरेका हुन। पुर्व संम्सद नारायण सिङ् राजवंशीको अध्यक्षय्तामा भएको कार्यक्रममा बोल्दै, कन्काई नगरपालिका ३ का वडा अध्यक्ष युवराज चौलागाईंले” आफ्नो देशमै केही नयाँ तारिका बाट व्यवसाय सुरुवात गरेकोमा उक्त उद्योग सन्चालन गर्ने सबै लाई धन्यवाद साथै सफलताको शुभकामना दिएका थिए। तेसैगरी कन्काई २ का वडा अध्यक्ष प्रताप कुमार राईले अहिलेको यो परिवेशमा यसरी आफ्नै देशमा आफ्नै गाउँमा नयाँ ब्यवसाय सुरुवात भएको भन्दै खुसी ब्यक्त साथै नंया वर्ष २०८० को सम्मेत शुभकामना दिदै आफ्नो मन्त्वय राखेका थिए।

कार्यक्रममा बोल्दै कन्काई नगरउपप्रमुख आशा शर्मा सिवाकोटीले आफ्नो गाउँमा यसरी उद्योग को स्थापना भएकोमा आफू निकै खुसी भएको बताउनु भएको छ। यसमा कन्काई नगरपालिका बाट हुन सक्ने सयोग सम्मेत दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो।

कार्यक्रम सन्चालन उद्योगका प्रबन्धक निर्देशक प्रतीक राजवंशीले गरेका थिए।भने कार्यक्रमको समापन कार्यक्रमका अध्यक्ष नारायण सिङ राजवंशीले गर्नु भएको थियो।

प्रकाशित मिति: २०२३-०४-०८ , समय : ०९:४९:५६ , २ वर्ष अगाडि

error: Content is protected !!