५० केजी भारतिय कुखुरा बरामद गरि नष्ट

झापा एक्सप्रेस , २६०६५  पटक हेरिएको

झापा एक्सप्रेस।दक्षिणी सिमावर्ती क्षेत्र झापा गाउँपालिका सशस्त्र प्रहरी बल बिओपी पन्थापाडाको टोलीले अन्दाजी ५० केजी भारतिय बोइलर कुखुरा बरामद गरि नष्ट गरेको छ।

बुधबार अन्दाजी १२.00 बजे साइकलमा भारत देखी ल्याउदै गरेको सो परिणामको बोइलर झापा गाउँपालिका- ५ को खयरबारी स्थित नेपाल भारत सिमा क्षेत्र देखी बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।सशस्त्र प्रहरी निरीक्षक केदार खत्रीको कमाण्डमा रहेको गस्ती टोलीले सो परिणामको कुखुरा बरामद गरेको हो ।

अन्दाजी १६ हजार ५ सय मूल्य बराबरको कुखुरालाई नेपाल कुखुरा पालक व्यवसायी,जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा खाल्डोमा हाली नष्ट गरिएको छ।

भारतबाट कुखुरा भित्रीदा नेपालका कुखुरा पालक किसान मारमा परेको किसानले गुनासो गर्दै आइरहेका छन् ।

प्रकाशित मिति: २०२३-०४-१२ , समय : २०:१७:०८ , २ वर्ष अगाडि

error: Content is protected !!