झापा एक्सप्रेस , ३२५३२ पटक हेरिएको
सिएम शर्मा / यहि बैशाख २२ र २३ गते झापाको कनकाई नगरपालिका स्थित सुरुङ्गामा प्रथम गौरिलाल श्रेष्ठ स्मृति जिल्लास्तरीय अामन्त्रित कराँते प्रतियोगिता २०८० हुने भएको छ ।
गौरिलाल श्रेष्ठका परिवारको अायोजना तथा जिल्ला कराँते महासंघ झापाकको संयोजनमा कनकाई नगरपालिका ४ बुद्धचोक स्थित निर्माणाधीन खेल मैदानमा उक्त प्रतियोगिता गर्ने निर्णय शनिवार जिल्ला कराते महासंघका अध्यक्ष जगन दुर्वासा कार्कीको अध्यक्षता तथा कराँते महासंघका केन्द्रीय सदस्य मिलनराज प्रसाईंको प्रमुख अातिथ्यमा बसेको बैठकले गरेको अायोजक परिवारका सदस्य ईलुवाबारी डोजो प्रमुख तथा झापा जिल्ला कराते महासंघका सदस्य राजेन्द्र लिम्बूले जानकारी गराउनु भएको छ ।
विक्रम संवत् २०२१ मङ्सिर २८ गते मोरङको खोर्सानेमा जन्मिएका गौरिलाल जीवन जिउने क्रममा झापाको साविक सुरुङ्गा ५ हाल कनकाई नगरपालिका ३ मा रहदै अाउनु भएको थियो । कराँते खेलमा अावद्ध , कराँते खेलका शुभचिन्तक , सुरुङ्गा सुनचाँदी व्यवसायी संघका पुर्व अध्यक्ष समेत रहेका श्रेष्ठको क्यान्सर जस्तो प्राणघातक रोगबाट विक्रम संवत् २०७८ कार्तिक ९ गते निधन भएको र कराँते खेलमा अावद्ध गौरिलालको अात्मा शान्तिको कामना गर्दै यो खेलको अायोजना गरिएको अायोजक परिवारका सदस्य ईलुवाबारी डोजो प्रमुख तथा झापा जिल्ला कराँते महासंघका सदस्य राजेन्द्र लिम्बूले जानकारी गराउनु भएको छ । यस प्रतियोगितालाई अागामी बर्षहरुमा समेत निरन्तरता दीदैजाने पनि लिम्बूले बताउनु भएको छ ।
झापा जिल्ला कराते महासंघका अध्यक्ष जगन कार्की दुर्वासा , सचिव सञ्जय शाह , सह-सचीव जीवन राई , सदस्यहरु राम पाठक , विकास गौतम , राजेन्द्र लिम्बू , विक्रम मेचे साथै आमन्त्रित, प्रमुख अतिथि नेपाल कराते महासंघका केन्द्रीय सदस्य मिलन राज प्रसाई , (राखेप) प्रशिक्षक कृष्ण बस्नेत , दुर्गारा निरौला , बद्री विष्ट , दिपेश निरौला , स्वयमसेवक प्रशिक्षक अशोक राई , दुर्गा उप्रेती , प्रशिक्षक मथुरा तामाङ , अभिभावक विनिता फुयलको उपस्थितिमा बसेको बैठकले रेफ्री सेमिनार तथा राष्ट्रिय प्रतियोगिता साथै विराटनगरमा हुने प्रतियोगिता बारेमा पनि छलफल गरि निर्णय गरेको झापा जिल्ला कराते महासंघका अध्यक्ष जगन कार्की दुर्वासाले जानकारी गराउनु भएको छ ।
बैठकले कोशी प्रदेश खेलकुद विकास बोर्डमा राष्ट्रिय रेफ्री सेमिनार तथा राष्ट्रिय कराँते प्रतियोगिता सञ्चालन गर्नका निम्ति प्रदेश खेलकुद विकास बोर्डमा आर्थिक सहयोगको लागि अनुमानित बजेट सहित कार्यक्रम पेश गर्ने साथै विराटनगरमा वैशाख २२ र २३ गते हुन लागेको ‘विराट नगर खुल्ला कराँते प्रतियोगितामा यहि वैशाख ८ गते जिल्ला स्तरिय कराँते प्रतियोगिता अर्जुनधारा नगरपालिका वार्ड नं.१ काली खोला सिमसारमा सहभागी भई छनौट भएका विभिन्न तौल समूहका महिला तथा पुरुष खेलाडीहरुलाई सहभागिता गर्ने निर्णय गरेको पनि अध्यक्ष जगन कार्की दुर्वासाले जानकारी गराउनु भयो ।
प्रकाशित मिति: २०२३-०४-१६ , समय : ०७:३८:१८ , २ वर्ष अगाडि