गैरीगाउँ पुराणको आयव्यय सार्वजनिक ,झन्डै १६ लाख संकलन

झापा एक्सप्रेस , २८२४२  पटक हेरिएको

शरणामती-झापाको झापा गाउँपालिका वडा नम्बर ३ गैरीगाउँमा चैत्र ८ देखि १६ गतेसम्म आयोजित श्रीमद्भागवत नवाह ज्ञान महायज्ञको आम्दानी खर्चको विवरण सार्वजनिक गरिएको छ ।श्री रामजानकी मन्दिर परिसरमा पुराण आयोजक समितिले आज(शनीबार) एक कार्यक्रमको आयोजना गरि आयव्यव विवरण सार्वजनिक गरेको हो ।

गैरीगाउँमा नै पहिलो पटक सामुदायिक भवन निर्माण गर्ने उद्धेश्यले आयोजित अनुष्ठानमा आयतर्फ १५ लाख ८८ हजार ४ सय २३ रुपयाँ संकलन भएको सचिव प्रताप विश्वकर्माले जानकारी दिए ।

विभिन्न शिर्षकमा ६ लाख २३ हजार ६ सय ७० रुपैँया खर्च भएको अध्यक्ष खड्ग बस्नेतले जानकारी दिए ।एनआइसी एसिया बैंकको समितिको खातामा ८ लाख ४७ हजार १ सय ९८ रुपैँया मौज्दात रहेको उनले बताए ।त्यस्तै उठ्न बाँकी १ लाख १७ हजार ५ सय ५५ रुपैयाँ रहेको बस्नेतले जनाए।

अनुष्ठानलाई भव्य र सभ्य रुपमा सम्पन्न गराउन जिन्सी सौजन्य तथा अन्य सहयोग गर्ने विभिन्न संस्था, विभिन्न समिति तथा उपसमितिका सदस्य, स्वयम्सेवक, चन्दादाता तथा भक्तजनलगायत सम्बद्ध सबैलाई अनुष्ठान आयोजक समितिका सचिव विश्वकर्माले धन्यवाद ज्ञापन गरेका थिए।

प्रकाशित मिति: २०२३-०४-२२ , समय : २०:३७:१२ , २ वर्ष अगाडि

error: Content is protected !!