झापा एक्सप्रेस , ४३०५१ पटक हेरिएको
शरणामती-नेपाल खेलकुद महासंघ कनकाई नगरकमिटिको आयोजनामा आज शनिबार देखी कनकाई नगरपालिकामा वडास्तरीय नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ ।
खेलकुद महासंघ कनकाई नगरकमिटिका अध्यक्ष गोविन्द सुवेदीको अध्यक्षता र झापा क्षेत्र नम्बर ४ का संघीय सांसद एलपी सावाँ लिम्बुको प्रमुख आतिथ्यतामा प्रतियोगीता उद्घाटन गरिएको थियो ।खेलकुद कार्यक्रमको औचित्य माथी प्रकास पार्दै अध्यक्ष सुबेदीले खेलकुदले युवाहरुलाई स्वास्थ बनाउने बताउनुभयो ।
प्रमुख अतिथि सावाँले खेलकुद महासंघले यस्ता कार्यक्रमको आयोजना गरेर विदेश पलायन भैरहेका युवाहरुलाई स्वदेशमै काम गर्ने वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।प्रताप राइले संचालन गरेको उद्घाटन कार्यक्रममा कनकाई नगरपालिका खेलकुद विकाश समितिका जविन तिमसिना ,अखिल नेपाल महिला संघकी जिल्ला सचिवालय सदस्य सुनिता खरेल ,कनकाई -५ का वडाध्यक्ष कृष्ण राई ,समाजसेवी सेरबहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कनकाई -५ तुलसीबारीको खेलमैदानमा आज शनिवार भएको उद्घाटन खेलमा वडा नम्बर ५ ले वडा नम्बर ९ लाई ३-० गोलान्तरले हराएको छ ।खेलको सुरुवाती चरणबाटै आफ्नो वर्चश्व राखेको वडा नम्बर ५ ले १२ मिनेटमै कचन लिम्बुको मद्दतमा १ गोलको खाता खोलेको थियो ।१ गोल लगाएर हौसिएका वडा नम्बर ५ का बिशाल राई र रुचन लिम्बुले पुन: १४ र १६ मिनेटमै १/१ गोल लगाउदा वडा नम्बर ५ ले ३ गोल गर्न सफल भयो ।यता वडा नम्बर ९ भने शुन्यमै स्तब्ध भयो ।खेलमा वडा नम्बर ५ का रुचन लिम्बु म्यान अफ द म्याच घोषित भए ।
खेलमा विजेताले नगद रु ३१ हजार र ट्रफी,मेडल ,प्रमाणपत्र पाउनेछन ।उपविजेता टिमले नगद रु २१ हजार र ट्रफी ,मेडल ,प्रमाणपत्र पाउनेछन् ।१६ गते देखी सुरु भएको फुटबल प्रतियोगिता २३ गते सम्पन्न हुने खेल संयोजक पूर्णबहादुर लिम्बुले बताउनुभयो ।यस वडा स्तरीय प्रतियोगिताबाट छनौट भएको टिमलाई नगरपालिकाको टिम समेत बनाइने उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२३-०४-२९ , समय : २०:५८:२७ , २ वर्ष अगाडि