झापा एक्सप्रेस , २१९२७ पटक हेरिएको
कनकाई, २१ वैशाख-झापाको सुरुङ्गामा अत्याधुनिक सुविधा सम्पन्न होटल समृद्धि संचालनमा आएको छ ।
बन्द निषेधित धार्मिक तथा पर्यटकीय क्षेत्र कनकाई—३ स्थित सुरुङ्गामा संचालनमा आएको होटल समृद्धि एण्ड कफी हाउसको लोकप्रिय गायक प्रमोद खरेलले उद्घाटन गरेका हुन् । गणपति स्टिल एण्ड आल्मुनियम हाउस संचालन गर्दै आएका स्थानीय एक सफल व्यवसायी गोपाल सिटौलाले व्यवसायीक प्रयोजनकालागी ४ करोडको लागतमा निर्माण गरेको आफ्नै भवनबाट होटल व्यवसाय संचालन गरेका हुन् । आफ्नी छोरी समृद्धिको नामबाट संचालनमा ल्याएको होटल व्यवसायकालागी करिव एक करोडको थप लगानी भएको संचालक सिटौला बताउँछन् । युवा व्यवसायी सिटौलाले संचालन गरेको व्यवसायबाट अन्य बेरोजगार जनशक्ति समेत स्वरोजगार बन्न सकेकोमा खुशी व्यक्त गर्दै चर्चीत गायक प्रमोद खरेलले उद्यमशिल बन्न सकेमा जीवनमा कहिल्यै पछुतो नहुने प्रतिक्रिया दिए ।
पर्यटकीय क्षेत्रको प्रशस्त सम्भावना बोकेको कनकाई नगरीमा आउँने पर्यटकहरुको खानपान साथै बसोबासकालागी उचित व्यवस्थापनमा थप सहयोग पुग्ने विश्वासका साथ होटल संचालनमा ल्याइएको संचालक सिटौला बताउँछन् ।आन्तरिक तथा वाह्य पर्यटकहरुको थप आकर्षणका रुपमा होटल समृद्धि परिसरमा रहेको सेल्फी जोनसहितको गार्डेन साथै पानीको फोहोराले आगन्तुक पाहुनाहरुलाई थप मनोरञ्जन प्रदान गर्ने होटलका संचालक सिटौलाले बताए ।
अण्डर ग्राउण्डसहित ६ तले व्यवसायीक भवनमा सुविधा सम्पन्न एसी, स्विट रुम, डिलक्स सहित अन्य गरी एकै पटकमा ७० जना सम्मको खानपान र बसोबासको व्यवस्था मिलाउँन सकिने छ भने अण्डर ग्राउण्डमा रहेको पार्टी हलमा दुईसय जनाको क्षमता रहेको बताइएको छ । कनकाईको राजधानीका रुपमा मानिने सुरुङ्गामा यस किसिमको होटल व्यवसाय संचालनमा आएका कारण कनकाई नगरीको पर्यटन प्रवद्र्धनमा समेत थप टेवा पुग्ने विश्वास गरिएको छ ।
होटलको एकातर्फ कफी पारखीहरुकालागी अग्र्यानिक कफीको व्यवस्था छ भने अर्को तर्फ विभिन्न ब्राण्डका पेय पदार्थसहित माछाका विभिन्न परिकारको स्वाद लिन पाइने संचालक सिटौला बताउँछन् । माछाका परिकारहरुमा फिस कम्बोसेट, फिस पकौडा, प्राउण्ड फिस, होल फिस, चिल्ली ड्राई लगायत रहेको बताइएको छ ।बजार क्षेत्रको होहल्लाबाट केही अलग पारिवारीक वातावरणमा रहेको होटल समृद्धि सुरुङ्गास्थित हरिकुल नमुना माविको उत्तर तर्फ हाइवेसँगै रहेको बताइएको छ । होटल उद्घाटनको अवसरमा तीनदिन सम्म विशेष अफरसहित दुई बोतल टुबोर्ग बियर खरिदमा एक बोतल टुबोर्ग सित्तैमा उपलव्ध गराउँने होटल संचालक सिटौलाले जानकारी दिए ।
प्रकाशित मिति: २०२३-०५-०४ , समय : १९:२५:०६ , २ वर्ष अगाडि