२५३ जनाले लिए नि:शुल्क स्वास्थ्य सेवा

झापा एक्सप्रेस , २३७२४  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिकामा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

सेल्टर आश्रय नेपाल र रोटरी क्लब अफ बिर्तामोड मिड टाउनको संयुक्त आयोजनामा भएको उक्त शिविरमा आखाँ साथै बिभिन्न रोगका विरामीहरूलाई सेवा प्रदान गरिएको थियो। शिविरमा विरामीहरूको चेक जाँच तथा एनएमएसआरएको सहयोगमा निःशुल्क औषधी समेत वितरण गरिएको थियो ।

बिएण्डसी हस्पिटल बिर्तामोड,पुर्वान्चल क्यान्सर अस्पताल बिर्तामोड र बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न दुई दिने शिविरबाट २५३ जनाले नि:शुल्क सेवा लिएका थिए ।

सेल्टरकी अध्यक्ष खुश्बु ओलीको अध्यक्षता र झापा-४ का वडाध्यक्ष मोहमद ताहिरको प्रमुख आतिथ्यतामा सुक्रबार उद्घाटन गरिएको शिविरमा झापा गाउँपालिका चेम्बर अफ कमर्श,रोट्राक क्लब अफ बिर्तामोड मिडटाउन ,इन्वर विल क्लब अफ विर्तामोड मिडटाउनको सहयोग साथै वडा नम्बर ४ को सहकार्य रहेको थियो ।

प्रकाशित मिति: २०२३-०५-०७ , समय : १३:३०:३३ , २ वर्ष अगाडि

error: Content is protected !!