झापा एक्सप्रेस , ५०१०४ पटक हेरिएको
केशब चापागाईं
झापा –३० वर्ष देखि उनी आरन पेशा गर्दै छन् ।उनी न त गर्मीमा गले न त जाडोमा उमंगीत भए।आफ्नै बाउ बाजेको लुङ्गी तान्दै बालापन देखि आरनकै रापमा हुर्केका उनी अहिले सम्मनै आरनकै तापमा छन् ।कति बसन्तले हरयाली ल्यायो कती शिशिरले उजाड्यो जसको सिमानै छैन।तर उनी बैकल्पिक अन्य पेशा नहुँदा उनको जिविकोपार्जनको बाटो यही मात्र बनिरह्यो।
उनी हुन झापा गाउँपालिका ५ निवासी कृष्ण कर्मकार।दुई छोरा र दुई छोरीका पिता कर्मकारले आरन पेशालाई नी पुजा बनाए।यसो फुर्सदको समयमा मात्र उनी खेतीमा निस्किन्छ । उनी अहिले ५० वर्षको भए।२० वर्षकै उमेर देखि नै आरन चलाउन थालेका कर्मकारले क,ख,रा समेत सिक्न मन गरेनन् ।तर उनले छोरा छोरीलाई भने यथेस्ट लालनपालन र भरणपोषण गरे।दुई छोरीको विवाहदान गरिसके।ठूलो छोरो राजमिस्त्री काम गर्छन।कान्छो छोरो पढ्दैछन।
विवेध युक्त समाज झेलेका उनी आफ्नो कर्म र पेशामा कहिले विचलित बनेनन।उनले परिवार पाल्दै एउटा दर्बिलो घर समेत बनाउन भ्याएका छन् ।अहिले उनी बिना यस क्षेत्रका किसानले न त घाँस काट्न पाउँछन्,न त दाउरा काट्न।किसानका लागि प्रयाय जत्तिकै बनेका कर्मकार अब आफ्नो शेष पछि भने आरन पेशानै लोप हुने होकी भन्ने बताउछन।हसियाँ,दाउ साथै अन्य किसानले चलाउने हतियार अर्जाप्ने र दाउहरु समेत बनाउने कर्मकार यस ठाउँका लागि निक्कै प्रचलित नाम हो।उनले अर्जापेको हसियाँको धार टिकाउ हुन्छ भनेर टाढा देखि समेत मान्छे आउने गर्छन् ।
कर्मकार जस्ता कर्मशिल मेहनतीलाई हामी सम्मान गर्छौ।एउटै पेसामा उनले खर्चेका युवा समय देखि वयस्क समय सम्मको हामी अन्तरआत्मा देखिनै प्रशंसा गर्छौ।सरकारले समेत कर्मकार जस्ता स्वरोजगार व्याक्तीलाई प्रेरणा दिन आवश्यक छ।लोप अवस्थामा रहेका आरन पेशालाई उर्जा भर्न आवश्यक छ।किसानसँग प्रत्यक्ष जोडिएको आरन पेशालाई उत्साहित बनाउन आवस्यक छ।
प्रकाशित मिति: २०२३-०५-१४ , समय : १९:११:२७ , २ वर्ष अगाडि