झापा एक्सप्रेस , २०४४७ पटक हेरिएको
झापा-झापा गाउँपालिकामा किटजन्य सरुवा रोग सम्बन्धी सरोकारवालाहरुसित अन्तरक्रिया सम्पन्न भएको छ।झापा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ४ को कार्यालयको सभा हलमा अन्तरक्रिया सम्पन्न भएको हो।
अन्तरक्रियामा जिल्ला स्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत विरेन्द्र दासले किटजन्य सरुवा रोग सम्बन्धी सचेतना दिनुभएको छ।लामखुट्टेबाट सर्ने रोग डेङ्गु कसरी लाग्छ?यसका लक्ष्यणहरु,रोकथामका बारेमा दासले सरोकारवालाहरुलाई बताउनु भएको थियो।उहाँले अहिले वर्खा लागेकोले घरवरीपरी सफा पानी जम्ने बोतल,पानीट्याङ्की,बाल्टी आदीमा पानी जम्न नदिने र लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर छोप्ने कपडा लगाउने ,झुल ,लोसनको प्रयोग गर्ने बारे बताउनुभयो।
जिल्ला स्वास्थ्य कार्यालयका ल्याब प्राविधिक चन्द्रसेखर यादवले अन्तरक्रियामा अर्को किटजन्य सरुवा रोग मलेरिया रोगको बारेमा सचेतना दिनुभयो।मलेरिया रोग पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ।काम ज्वरो आउनु,शरीरमा रगतको मात्रा कम हुनु,कलेजो तथा फियोको आकार बढ्नु,भोक कम लाग्नु वा खान मन नलाग्नु आदि मलेरियाका लक्ष्यण हुन।किटजन्य सरुवा रोगबाट बच्नुनै लामखुट्टेको टोकाइबाट लाग्ने सरुवा रोगहरु डेङ्गु,मलेरिया,कालाजार,हात्तिपाइले आदीबाट बच्नु हो यादवले भन्नुभयो।
झापा गाउँपालिकाका स्वास्थ्य शाखा अधिकृत प्रेम न्यौपानेले सन्चालन गरेको कार्यक्रममा वडाध्यक्ष मोहमद ताहिर साथै स्थानीय सरोकारवालाहरु,कर्मचारी,स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: २०२३-०५-१७ , समय : १०:२६:१२ , २ वर्ष अगाडि