आफ्ना क्षेत्र भित्रका नागरिकको स्वास्थ्य प्रति उत्तरदायी बन्दै भगवती साकोस

झापा एक्सप्रेस , १९३०३  पटक हेरिएको

झापा-कनकाई नगरपालिका ३ सुरुङ्गा स्थित भगवती बचत तथा ऋण सहकारी संस्थाले अाफ्ना क्षेत्र भित्रका नागरिकको स्वास्थ्य प्रति उत्तरदायी बन्दै बिहीबार अाफ्नै भवन परिसरमा एक दिवसिय निशुल्क खाँखा शिविर सम्पन्न गरेको छ ।

मेचि अाँखा अस्पताल बिर्तामोडको विशेषज्ञ सहितको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा निःशुल्क अँाखा परीक्षणका साथै औषधी एवं चस्मा समेत वितरण गरिएको थियोे।

शिविरमा ३ सय २० जना स्थानीयको अाँखा परिक्षा गरिएकोमा १५२ जनालाई चस्माको अावाश्यकता देखिएकाले निशुल्क चस्मा बितरण गरिएको , १५ जना अप्रेसन गर्नुपर्ने गरिका बिरामीलाई निशुल्क अप्रेसनका लागि मेची अाँखा अस्पताल रिफर गरिएको र अन्यलाई अावाश्यक अौषधी निशुल्क वितरण गरिएको शिविर सन्चालन समिति संयोजक गिता देवी पाण्डे भेट्वालले जानकारी गराउनु भयो ।

झापाको कनकाई नगरपालिका ३ (साविक सुरुङ्गा ५) मा यस क्षेत्रमै पहिलोपटक २०५७ सालमा यहाँका व्यवसायीहरुबाट स्थापना भएको भगवती बचत तथा ऋण सहकारी संस्थाले बैंकीङ्ग कारोबारका साथै सामज प्रति उत्तरदायी बन्दै विभिन्न सामाजिक कार्यमा सहभागी बन्दै अाएको संस्थाका अध्यक्ष ख्याम प्रसाईले जानकारी गराउनु भयो ।
यसरी सामाजिक क्षेत्रमा सहभागिता जनाईरहदा स्वास्थ्य शिविरलाई संस्थाको बार्षिक कार्यक्रममै समावेश गरि स्वास्थ्य शिविर संचालन गर्दै अाएको र यस बर्ष स्थानिय नागरिकलाई अाँखा सम्बन्धि रोगको उपचारमा सरसहयोग पुगोस् भन्नेे उदेश्यले निशुल्क अाँखा शिविरको अायोजना गरिएको पनि अध्यक्ष प्रसाईंले जानकारी गराउनु भयो ।

संस्थाको कार्य क्षेत्र भित्रका ब्यक्तिलाई प्रोत्साहित गर्दै , स्वास्थ्यको समस्या सबैको साझा समस्या भएकोले र सबैले यो सेवा पाउनु पर्छ भन्ने अासयले यस अघीका बर्षमा अायोजना गरिएको स्वास्थ्य परिक्षणमा संस्थाका शेयर सदस्यलाई मात्रै दिदै अाएको सेवालाई यस बर्षबाट सेवाको दायरा फराकिलो बनाउदै कार्य क्षेत्र भित्रका नागरिकलाई खुल्ला रुपमा सेवा प्रदान गरिएको संस्थाका प्रवन्ध निर्देशक महेन्द्र सापकोटाले जानकारी गराउनु भयो ।

प्रकाशित मिति: २०२३-०५-१८ , समय : १९:५३:१३ , २ वर्ष अगाडि

error: Content is protected !!