आममाफीले लत्याएको गणतन्त्रको विरासत

झापा एक्सप्रेस , ३३१९६  पटक हेरिएको

युवराज रेग्मी

गणतन्त्र भन्नाले जनताको तन्त्र अथवा जनताको राज्य भन्ने शाब्दिक अर्थ हो । गणतन्त्रात्मक मुलुक एउटा यस्तो देश हो जहाँको शासनतन्त्रमा सैद्धान्तिक रूपले देशको सर्वोच्च पदमा जनताबाट कुनै पनि व्यक्ति पदासीन हुनसक्छ ।

यस प्रकारको शासनतन्त्रलाई गणतन्त्र भनिन्छ । शाब्दिक रुपमा हेर्दा “लोकतन्त्र” अथवा “प्रजातन्त्र” गणतन्त्र भन्दा फरक हुन्।

लोकतन्त्र त्यस शासनतन्त्रलाई भनिन्छ जहाँ वास्तव मै सामान्य जनता वा तिनको बहुमतका इच्छाले शासन चल्ने गर्दछ।
आज विश्वका धेरैजसो देशहरू गणराज्यमा रुपान्तरण भएकाछन र साथसाथै लोकतान्त्रिक राज्य ब्यबस्था पनि कायमैछन्।

२०६२/६३ को १९ दिने जन आन्दोलन पश्चात् नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य मा रुपान्तरित भएको हो । यस ऐतिहासिक महान उपलब्धि प्राप्त गर्दै गर्दा हजारौ नेपालीहरुले सहादत प्राप्त गर्न पुगेका थिए ।

अर्थात हजारौं योद्धा र सहिद हरुको बलिदानिपुर्ण साहसको जगबाट नै नेपाल संघीय गणतन्त्रात्मक मुलुक बन्न पुगेको हो ।
यति ठूलो ऐतिहासिक बिरासत त महत्व बोकेको नेपालको परिबर्तित राज्य ब्यबस्थाकै उपजले आज हरेक नेपालीले आफ्नो बिचार र फरकमत निर्धक्क पुर्बक राख्न सक्ने जग गणतन्त्रले सुरक्षित गरिदिएको छ । जनताको बलिदानिपुर्ण उपलब्धी र राज्यब्यबस्थाले सुनिस्चित गरेको संघीय ब्यबस्थाले नेपालको केन्द्रीकृत शासन ब्यबस्था र प्रसाशनिक सन्कुचनलाई केही हदसम्म फराकिलो पारेकै छ ।

अर्को तर्फ गणतन्त्र दिवसको सान्दर्भिकतालाई मसिनो गरि व्याख्या र विश्लेषण गर्दैगर्दा निरंकुश शासन ब्यबस्थालाइ पखालेर प्रजातान्त्रिक ब्यबस्थालाइ आधुनिकता तर्फ धकेले पनि खराब आचरण लाई उन्मुलन गर्ने नसक्नु र देसमा दन्डहिनता कायमै रहनुले कानुनी राज्यको खिल्ली उडाउन नितिनिर्माता हरुनै लागिपरेको बिभिन्न सन्दर्भले प्रमाणीत गरिदिएको छ ।

पछिल्लो समय पुस्पकमल दाहाल “प्रचण्ड”को नेतृत्वको बर्तमान सरकारको मन्त्री परिषदको सिफारिसमा सत्ता टिकाउने प्रपन्चमा जन्म कैद भोगिरहेका रेशम चौधरि लाई गणतन्त्र दिवसको सन्दर्भ पारेर आम माफी दिएको बिषय पेचिलो बनेको छ ।
बि.स. २०७२ साल भदौ ७ गते कैलाली जिल्लाको टीकापुर नगरपालिकामा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच दिउँसो झडप हुँदा तत्कालीन प्रहरी बरिष्ठ उपरिक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्र प्रहरी बलका २ र १ जना बालक सहित ८ जनाको मृत्यु भएको थियो ।

आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरि लाई सम्मानित अदालतको फैसला द्वारा जन्म कैदको फैसला तोकिएर सजाय भोगीरहेको अवस्थामा आम माफी दिएको विषयले गणतन्त्रको बिरासत लाई लत्याएको अवस्था छ ।

उता टिकापुर घटनाका दोषी रेशम चौधरीलाई आममाफी दिने मन्त्रिपरिषदको सिफारिस विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ । आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले चौधरीलाई माफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । उक्त निर्णय खारेज गर्न माग गर्दै २०७२ सालमा टिकापुरमा भएको आन्दोलनका पीडित परिवारका तर्फबाट शारदा कठायतले रिट दायर गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले बताए । उनका अनुसार कठायतले दायर गरेको रिटमा रेशम चौधरीलाई सजाय माफी दिने सिफारिस गर्न मन्त्रिपरिषदले गरेको निर्णय खारेज गर्न माग गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीले आम माफी पाएका छ्न ।

प्रकाशित मिति: २०२३-०५-२९ , समय : १८:२१:२८ , २ वर्ष अगाडि

error: Content is protected !!