झापा एक्सप्रेस , ३९३०९ पटक हेरिएको
शरणामती।कारितास नेपालले आत्मनिर्भरतामा जोड दिदै झापा गाउँपालिकामा उद्यमशीलता तालीमको सुरुवात गरेको छ।
मिसियो जर्मनीको तथा झापा गाउँपालिकाको आर्थिक सहयोग र कारितास नेपालको आयोजनामा तालिम सुरु भएको हो।सुरक्षित वैदेशीक रोजगार प्रवर्धन तथा मानव बेचबिखन विरुद्दको परियोजना अन्तरगत आत्मनिर्भरताका लागि सो तालिमको सुरुवात गरिएको हो।
मंगलबार एक विषेश कार्यक्रमका बिच गाउँपालिकाकी उपाध्यक्ष अन्जुदेवी थपलियाले तालीमको उद्घाटन गर्नुभएको छ।जम्मा ४१ जनाले उक्त सिपमुलक तालिमको लाभ लिनेछन।जुनियर इलेक्ट्रीसन,व्याग बनाउने तालिम ,एसिस्टेन्ट व्युटिसियन,कफि बनाउने र साधारण कुकको तालिम दिइने कारितास नेपालका सामाजिक परिचालक अर्जुन सिटौलाले बताए।तालीमबाट बैदेशिक रोजगारीमा जाने मानिसले सुरक्षित रोजगारीको अवसर पाउने विश्वास लिएको सिटौले बताए।
झापा गाउँपालिका वडा ३ का वडाध्यक्ष सुवासलाल गणेशको अध्यक्षतामा तालिमको उद्घाटन भएको थियो।
प्रकाशित मिति: २०२३-०५-३१ , समय : ०७:३१:४५ , २ वर्ष अगाडि