झापा एक्सप्रेस , ६६४९२ पटक हेरिएको
सिएम शर्मा / झापाको कनकाई नगरपालिका ३ स्थित कनकाई प्रतिभा प्रतिष्ठान लाई अाफ्नो छोरा मनाेजबाबु (लक्ष्मीप्रसाद) ओलीको स्मृतिमा “श्री कनकाई प्रतिभा प्रतिष्ठान मनाेजबाबु (लक्ष्मीप्रसाद) ओली स्मृति पुरस्कार काेष” स्थापनाकका निमित्त स्वर्गीय मनाेजबाबुका जन्मदाता अनिरुद्र ओली तथा नन्दा ओलीले दुई लाख रुपया हस्तान्तरण गर्नु भएको छ ।
कनकाई मावि सुरुङ्गाको प्राङ्गणमा एक विषेश कार्यक्रमका बिच शनिबार प्रतिष्ठानका अध्यक्ष जिवनाथ सुवेदीलाई “श्री कनकाई प्रतिभा प्रतिष्ठान मनाेजबाबु (लक्ष्मीप्रसाद) ओली स्मृति पुरस्कार काेष” दाता अनिरुद्र ओली, नन्दा ओली तथा अोलि परिवारले अक्षयकोषको खातामा रु दुईलाख रुपया जम्मा गरेको भौचर हस्तान्तरण गर्नुभएको हो ।
विक्रम संवत् २०४५ असार २५ गते तेह्रथुमको अाठराई होडामा अनिरुद्र र नन्दा ओलीको कोखवाट ६ दिदिहरु पछि कान्छा सन्तानको रुपमा जन्म लिई सपरिवार झापाको कनकाई नगरपालिका १ मा बस्दै अाउनु भएका मनोजबाबु अोलिको २०७८ जेठ ११ गते कोरोना महामारीको कारण अल्पायुमै निधन भएको थियो । मनोजको निधन पश्चात् भावविह्वल बनेको अोलि परिवारले यश अघि मनोजको अात्मा शान्तिको कामना संगै शोकलाई शक्तिमा परिणत गर्दै नारायण गोपाल प्रतिष्ठान बिर्तामोडलाई मनोजको स्मृतिमा कोष स्थापनाका लागी ३ लाख ५१ हजार हस्तान्तरण गरिसक्नु भएको छ ।
संस्थाका अध्यक्ष जिवनाथ सुवेदीको अध्यक्षता साथै रुद्र गौरी तथा श्री अम्बिका अोली स्मृति प्रतिष्ठानका अध्यक्ष गंगा प्रसाद अोलिको प्रमुख अातिथ्यतामा सम्पन्न “श्री कनकाई प्रतिभा प्रतिष्ठान मनाेजबाबु (लक्ष्मीप्रसाद) ओली स्मृति पुरस्कार काेष” कोषहस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष सुवेदीले अोलि परिवारले छोराको स्मृतिमा प्रतिष्ठानलाई स्मृतिकोष पुरस्कार वितरणको निम्ति रकम हस्तान्तरण गरि अाउदा वर्षबाट पुरस्कार वितरण गर्ने वातावरण वनाउ नुभएकोमा अाभार सहित धन्यवाद ज्ञापन गर्नु भयो ।
मनोजको निधनको दिनको सम्झना गर्दै कार्यक्रमका प्रमुख अतिथि गंगा प्रसाद अोलिले स्रोत साधन सबै हुदाहुदै पनि मनोजको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली दिन महामारिको विषम परिस्थितिका कारण उपस्थित हुन नसकिएको स्मरणले दुखी रहिरकोअबस्थामा अाज उनै छोरा मनोजको नाममा स्थापना भएको स्मृति कोष हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथ भएर उपस्थित हुने अवसर मिलेकोमा हृदय देखिनै श्रद्धाञ्जली अर्पण गर्दै यश कोष स्थापनाले मनोजको शरीर हाम्रो माझ नरहेपनि मनोज सदैब हामी माझै रहेको अाभाष भईरहने वताउनु भयो ।
यस क्षेत्रका अग्रज , शिक्षा सेवि , साहित्यकार साथै कनकाई प्रतिभा प्रतिष्ठानका पुर्व अध्यक्ष कोमल प्रसाद पोखरेल , साहित्य तथा संगितप्रेमी देवी भक्त श्रेष्ठ ,हस्त परियार , राजेन्द्र संग्रौला , पुण्य बराल , गोपाल संग्रौला , विश्वनाथ सिंह राजवंशी , दुर्गा प्रसाद सिग्देल , कर्ण डागी , वालकृष्ण सिटौला , राजु अोलि , तुलसि प्रसाद भट्टराई , नारद न्यौपाने, सारदा अोली , चन्द्र प्रसाईं , जनार्दन उप्रेती लगायतको अातिथ्यतामा भएको कार्यक्रममा विश्व सिंह राजवंशी , देविभक्त श्रेष्ठ लगायतले मन्तव्य राख्दै पुरस्कार कोष दातालाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने दाताको तर्फवाट अनिरुद्र अोलिले अाफ्ना भावना व्यक्त गर्दै प्रत्यक बर्ष यश कोषवाट १५ हजार बराबरको पुरस्कार वितरण गरिने सहमति भएको र अाज राखेको कोषको रकमले १५ हजार रकमको पुरस्कार बितरण गर्न नपुग्ने अवस्था सिर्जना भएमा थप गरेर भएपनि पूरा गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।
पहिलो चरणमा सम्पन्न स्मृति कोष हस्तान्तरण कार्यक्रम पछि दोस्रो चरणमा प्रतिष्ठानको मासिक साहित्य गोष्ठी समेत गरिएको थियो । मासिक साहित्य सञ्चालन समितिका अध्यक्ष निर्मल कुमार खतिवडाको अध्यक्षतामा भएको गोष्ठीमा दुई दर्जन भन्दा बडी साहित्यकार , श्रस्टा सर्जकले सिर्जना प्रस्तुत गर्नुभएको थियो ।
प्रतिष्ठानका उपाध्यक्ष डा. पुण्यप्रसाद पौडेलले कार्यक्रमको अौचित्यमाथी प्रकाश पार्दै उपस्थित सबैलाई स्वागत गर्नुभएको कार्यक्रममा पहिलो चरणको सञ्चालन प्रतिष्ठानका सचिव प्रेम प्रभात न्यौपानेले गर्नुभएको थियो भने मासिक साहित्य गोष्ठीको संचालन गोष्ठी सञ्चालन समितिका सचिव दिनेश तिम्सिनाले गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२३-०६-०४ , समय : ०७:५३:२० , २ वर्ष अगाडि