तापक्रम अत्यधिक बढेसँगै विद्यालय बिहानी सत्रमा लगाउन हरिकुलको माग

चन्द्र बस्नेत , ५११८९  पटक हेरिएको

फाइल तस्बिर

कनकाई-केही दिन यता बाट तापक्रममा अत्यधिक बृद्धि भएर गर्मी बढेपछि झापाका कनकाई नगर सहित अधिकाश पालिकाहरुले धमाधम विद्यालय बिदा दिएका छन। गर्मी भढेसगै झापाका सबै जसो पालिकाहरुका विद्यालय केही दिनका लागि बिदा दिएका छन भने कुनै पालिका भित्रका विद्यालय बिहानी सत्रमा पढाइ सुरु गर्ने भएका छन।

कनकाई नगरपालिले पनि आजबाट थप दुई दिन नगर भित्रका विद्यालयमा बिदा दिएको छ । अत्याधिक गर्मी बढेको भन्दै नगर क्षेत्रका विद्यालयलाई दिइएको विदा आईतबार र सोमबार थप दुई दिन बिदा थपिएको हो ।यता झापाको कनकाई ३ सुरुङ्गामा रहेको हरिकुल नमूना माध्यमिक विध्यालयले बिहानी सत्रमा कक्षा सन्चालन गर्न माग गरेको छ।

गर्मीले जनजीवन प्रभावित भएका बेला अधिकाश अविभाकले भने वर्षमा चार पाँच महिना गर्मीहुने भएकाले बिदा दिएर नानीहरूलाई घरमै राख्नु भन्दा विद्यलायमा नै उनिहरु सुरक्षित हुने भएकाले विद्यलाय बिदा दिन नहुनेमा जोड दिएका छन्।

हरिकुल कै अधिकाश अविभाकले अत्यधिक गर्मीका कारण घरमा बस्ता बरु नानीहरू बढी घर बाहिर कुद्ने , कतिपय विद्यलाय भन्दा घरको अवस्था दयनीय भएकाले स्वास्थ्यमा समेत असर पुग्ने भन्दै विद्यलाय संचालन गर्नुपर्नेमा जोड दिएका हुन।

सोही स्कुलकी अविभाक कनकाई १ कि पुजन वास्तोला भन्नुहुन्छ ” हाम्रा नानीहरू दिनभरी बाहिर कुद्छन , घरमा पनि टिनको तातो आउँछ। बरु नानीहरूलाई स्कुलमै सुरक्षित हुने भएकाले विध्यालय सन्चालन गर्नुपर्नेमा जोड दिनुहुन्छ। त्यस्तै कनकाई एक कै अविभाक ईस्वरी भण्डारी पनि घरमा बस्दा भन्दा नानी बाबू विध्यालय जानुपर्छ , गृहकार्य गर्नुपर्छ भन्ने र अनुशाशीत हुने भएकाले पनि विहानी पखनै भएपनी स्कुल संचालन गर्नुपर्ने भनाई राख्नुहुन्छ।

यता अधिकाश अविभाकहरुको माग अनुसार उच्च तापक्रमका कारण विधालय अस्थायी रूपमा बन्द भएकाले यस समयमा विधार्थीहरुले घरभित्रै बस्ने र घुमफिर वा खेल्नका निम्ति बाहिर ननिस्किनु नै उत्तम हुने भन्दै उक्त समयमा विधार्थी भाइ बहिनीहरुका लागि आवश्यक गृहकार्य कक्षा शिक्षकले आज (आइतबार) र भोलि (सोमबार) मेसेन्जर समुहमा दिने विधालयकि प्रवन्ध निर्देशक ग्रीशा रावल थापाले जानकारी दिनुभयो ।

उहाँले मौसमका कारण शिक्षण कार्यमा परेको प्रभावलाई न्यून गर्न विधालयको तर्फबाट बिहानी सत्रमा कक्षा सन्चालन गर्ने भनी योजना बनाइरहेकाले अभिभावक र विधार्थीहरु सतर्क नै हुनुहुनेछ र आआफ्ना बच्चाहरुलाई सुरक्षित अनि उत्पादक बनाइ राख्नु हुनेछ भन्दै नगरपालिकालाई विध्यालय बिहानी सत्रमा लगाउने वातावरण मिलाईदिन प्रवन्ध निर्देशक थापाले अनुरोध गर्नुभएको छ ।

सुरुङ्गामा रहेकोे हरिकुल विद्यालयमा अहिले संचालक समिति परिवर्तन भएसगै विद्यालयको मुहारनै फेरिएको छ। प्ले ग्रुपबाट हाल प्लस टु सम्म पढाई हुने विध्यालयमा बिहान , दिउसो र बेलुका गरि छुट्टाछुट्टै कक्षा संचालन हुने गरेको छ। विध्यालयले पढाईका साथसाथै विभिन्न अतिरिक्त किर्याकलावलाई प्राथमिकतामा राखेसगै अधिकांस अविभावकको पहिलो रोजाईमा विद्यालय पर्न सफल भएको हो।

विद्यालयमा अहिले सुविधा सम्पन छुट्टाछुट्टै भवन , हरेक कक्षाकोठामा स्टेन , सिलिङ तथा वाल फेनको व्यवस्था , डेक्स बेन्चमा गर्मीमा समस्या हुने भन्दै एक विध्यार्थी एक कुर्सीको व्यवस्था , व्यस्थित क्यान्टीनको सुविधा , अनुभवी शिक्षक रहेका कारण पनि अविभावकको मुख्य रोजाईमा पर्ने गरेको अधिकाश अविभावकको भनाई छ।

अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न समयमा विद्यालय स्तरीय भएका प्रतियोगिताहरुमा दर्जनभन्दा धेरै प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका प्रीन्सिपल रोषन खत्रीले जानकारी दिनुभयो ।
विध्यालले पढाईका साथसाथै हरेक शुक्रबार ई. सि. ए . अन्तर्गत विध्यार्थीको रोजाई अनुसारको सिकाई सिकाउने गरेको संचालक साजन थापाले बताउनुभएको छ। विशेष गरेर विध्यालले पढाई सगसगै वाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकतामा राखेको र हरेक चाडपर्व मनाउने परम्परालाई पनि विध्यालयबाट नै सिकाउने गरेको प्रवन्ध निर्देशक थापाले बताउनुभयो ।

यस्तै कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले भने विद्यलाय बिदा गर्नु समस्याको समाधान नहुने भएकाले नगरमा रहेका २० वटा नीजि र १४ वटा सामुदायिक विध्यालयका बारेमा छलफल गरि अघि बढ्ने बताउनुभयो ।

कनकाई १ मा रहेकोे नवयुग शिक्षा निकेतनले पनि भोलिबाट विद्यालय बिहानी सत्रमा लाग्ने बताएको छ।

प्रकाशित मिति: २०२३-०६-०४ , समय : १९:५५:४३ , २ वर्ष अगाडि

error: Content is protected !!