कनकाईका विद्यालय भोलिबाट खुल्ने

चन्द्र बस्नेत , ८०३७९  पटक हेरिएको

कनकाई-केही दिन यताबाट तापक्रममा अत्यधिक बृद्धि भएर गर्मी बढेसँगै गत शुक्रबारबाट बन्द भएका कनकाईका विद्यालय भोलि खुल्ने भएका छन।

गर्मी बढेसँगै झापाका सबै जसो पालिकाहरुका विद्यालय केही दिनका लागि बिदा दिए पनि गर्मीकेही कमी आएसँगै कनकाई नगर भित्रका विद्यालय भोलि मंगलबार खुल्ला हुने भएका हुन् ।

नगरपालिले सुरुमा शुक्रबार एकदिन र पछि २ दिन अलग अलग्गै सूचना जारी गर्दै शनिबार सहित ४ दिनबाट विद्यालय बन्द रहेकोे छ। अत्याधिक गर्मी बढेको भन्दै झापाका सबैजसो पालिकाले विद्यालय बिदा दिएका थिए।अब भने मौसममा केही परिवर्तन भई गर्मी कम भएसँगै भोलि कनकाईका विद्यालय खुल्ला हुने भएका हुन् ।

गर्मीले जनजीवन प्रभावित भएका बेला अधिकांश निजि विद्यालयका अविभावकले भने वर्षमा चार पाँच महिना गर्मीहुने भएकाले बिदा दिएर नानीहरूलाई घरमै राख्नु भन्दा विद्यलयमा नै उनिहरु सुरक्षित हुने भएकाले विद्यालय बिदा दिन नहुनेमा जोड दिएका छन।

यता कनकाई ३ हरिकुलका अधिकांश अविभाकले अत्यधिक गर्मीका कारण घरमा बस्ता बरु नानीहरू बढी घर बाहिर कुद्ने , कतिपय विद्यालय भन्दा घरको अवस्था दयनीय भएकाले स्वास्थ्यमा समेत असर पुग्ने भन्दै विद्यलाय संचालन गर्नुपर्नेमा जोड दिएका हुन।

सोही स्कुलकी अविभाक कनकाई १ कि पुजन वास्तोला भन्नुहुन्छ ” हाम्रा नानीहरू दिनभरी बाहिर कुद्छन , घरमा पनि टिनको तातो आउँछ। बरु नानीहरूलाई स्कुलमै सुरक्षित हुने भएकाले विध्यालय सन्चालन गर्नुपर्नेमा जोड दिनुहुन्छ। त्यस्तै कनकाई एक कै अविभाक ईस्वरी भण्डारी पनि घरमा बस्दा भन्दा नानी बाबू विध्यालय जानुपर्छ , गृहकार्य गर्नुपर्छ भन्ने र अनुशाशीत हुने भएकाले पनि विहानी पखनै भएपनी स्कुल संचालन गर्नुपर्ने भनाई राख्नुहुन्छ।

यता अधिकांश अविभाकहरुको माग अनुसार उच्च तापक्रमका कारण विधालय अस्थायी रूपमा बन्द भएकाले यस समयमा विधार्थीहरुले घरभित्रै बस्ने र घुमफिर वा खेल्नका निम्ति बाहिर ननिस्किनु भन्दै हरिकुल नमूना माध्यमिक विद्यालयकि प्रवन्ध निर्देशक गृशा रावल थापाले यो बन्दमा पनि नानीवावुहरूलाई गृह कार्य जुम तथा ग्रुप मार्फत उपलब्ध गराएको बताउदै विद्यालयका तर्फबाट केही कमि नराख्ने प्रतिवद्दता जनाउनु भयो।

अहिले सुविधा सम्पन छुट्टाछुट्टै भवन , हरेक कक्षाकोठामा स्टेन , सिलिङ तथा वाल फेनको व्यवस्था , डेक्स बेन्चमा गर्मीमा समस्या हुने भन्दै एक विध्यार्थी एक कुर्सीको व्यवस्था , व्यस्थित क्यान्टीनको सुविधा , अनुभवी शिक्षक रहेका कारण पनि अविभावकको मुख्य रोजाईमा पर्ने गरेको अधिकांश अविभावकको भनाई छ।

अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न समयमा विद्यालय स्तरीय भएका प्रतियोगिताहरुमा दर्जनभन्दा धेरै प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका प्रीन्सिपल रोषन खत्रीले जानकारी दिनुभयो।

यस्तै कनकाई नगर शिक्षा शाखाले भने सामुदायिक विद्यालयमा भोलि प्राथमिक तहसम्म बिदा दिएको र अन्य सबै कक्षा संचालन हुने र बाकी दिनका लागि नगर शिक्षा शाखामा बिहान ११:३० बजे छलफलका लागि बोलाएको नगर शिक्षा अधिकृत तथा सूचना अधिकारी हरिप्रसाद मिश्रले जानकारी दिनुभयो ।

नगरमा २० वटा नीजि र १४ वटा सामुदायिक विद्यालय रहेका छन् ।मौसम बदली भई झापामा आज पानी पनि परेको छ।

प्रकाशित मिति: २०२३-०६-०५ , समय : १८:३१:५५ , २ वर्ष अगाडि

error: Content is protected !!