विपद सम्बन्धी तालीम सुरु

झापा एक्सप्रेस , ५२९१५  पटक हेरिएको

विर्तामोड-झापाको विर्तामोडमा “लैंगिक तथा अपाङ्गता समावेशी विपद व्यवस्थापन,सुरक्षित आवास तथा जलवायु उत्थानशिल योजना’’ सम्बन्धी तालिम सुरु भएको छ ।

ह्याविट्याट फर ह्युमानीटीको आर्थिक सहयोग र सहारा नेपालको सहजीकरणमा सुरु भएको तालिम झापा गाउँपालिका स्तरीय विपद समितिलाई दिइएको हो ।सहारा नेपालका अध्यक्ष भरतकुमार गिरीको अध्यक्षता र झापा गाउँपालिका अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्यता साथै गाउँपालिका उपाध्यक्ष अन्जुदेवी थपलिया,प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया लगायत झापा गाउँपालिका विपद व्यवस्थान सदस्यहरुको उपस्थिती रहेको थियो ।

उद्घाटनसत्र पछी कार्यक्रमको दोस्रो सत्र सुरु गर्दै प्रशिक्षकले प्रशिक्षार्थीहरुलाई विपद सम्बन्धी कुराहरुका बारेमा प्रशिक्षण दिएका थिए । प्रशिक्षकले विपद अगाडी गर्नु पर्ने रोकथाम,न्यूनीकरण साथै विपद पछाडी गरिने खोज,उद्दार,पुनर्स्थापना लगायतका बारेमा जानकारी गराएका थिए ।
आज बिहिबार देखी सुरु भएको तालिम शनिवार सम्पन्न हुनेछ ।

प्रकाशित मिति: २०२३-०६-०८ , समय : २१:२०:३२ , २ वर्ष अगाडि

error: Content is protected !!