झापा गाउँपालिका:मृत्यु संस्कारमा ४० लाख,ज्येष्ठ नागरिक सम्मान तथा भ्रमणमा २० लाख

झापा एक्सप्रेस , २७९४२  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ मा मृत्यु संस्कार सहायता प्रति परिवार रु १७ हजार रुपैयाँ दिने भएको छ ।

उपाध्यक्ष अन्जुदेवी थपलियाले आइतबार चौधौं गाउँसभामा बजेट प्रस्तुत गर्दै झापा गाउँपालिकामा स्थायीरुपले बसोबास गर्ने गाउँबासीलाई चालू आर्थिक वर्षमा १५ हजार मृत्यु संस्कार सहायता प्रदान गर्ने गरेकोमा त्यसलाई वृद्धि १७ हजार प्रदान गर्नका लागि व्यवस्था मिलाइएको बताउनुभयो ।उहाँले यसका लागि ४० लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो।

त्यस्तै गाउँपालिकाले ज्येष्ठ नागरिक (८४ वर्ष माथीका) र बिदुर एकल पुरुष (६० वर्ष माथी) सम्मान तथा ज्येष्ठ नागरिकलाई धार्मीक यात्रा र तीर्थाटन कार्यक्रम गर्न २० लाख बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले चौधौं गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८०/०८१ सालका लागि रु ४९ करोड ९० लाख १७ हजार २ सयको अनुमानित बजेट सर्वसम्मत पारित गरेको छ।

प्रकाशित मिति: २०२३-०६-२८ , समय : ०९:२२:०६ , २ वर्ष अगाडि

error: Content is protected !!