लागत स्टीमेट अनुसार भवन बनेको हो-कनकाई प्रवक्ता

झापा एक्सप्रेस , ३९१४९  पटक हेरिएको

कनकाई-कनकाई नगरपालिका ६ नम्बरको वार्ड कार्यालय भवन लागत स्टीमेट अनुसारनै निर्माण सम्पन्न भएको नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको छ ।

सामाजिक संञ्जाल र विभिन्न पत्रपत्रिका र अनलाईन पोर्टलहरुमा कनकाई नगरपालिकाको ६ नम्बर वार्डको भवन ३२ लाखमा निर्माण भएको र सो निर्माणका क्रममा अनियमिता समेतको आशंका गरिएको समाचार र सामाग्रीहरु प्रकाशन भएसगै कनकाई नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरि उक्त भवन इटेण्डर प्रक्रियाबाट निर्माण सम्पन्न भएकोले लागत मुल्य लगायातमा कुनै कैफियात नदेखिएको नगरपालिकाले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

कनकाई नगरपालिकाका प्रवक्ता कृष्ण राईले वार्ड कार्यालय सर्नका लागि केहि असुविधा भएका कारण ढिलाई हुनु वाहेक कुनैपनि कैफियात नदेखिएको बताउँनुभयो । नगर प्रवक्ता राईले सामाजिक संञ्जाल र पत्रिका अनलाईनमा समाचार प्रकाशन पछि नगरपालिकाको टोलीले स्थलगत अनुगमन गरेको समेत जानकारी गराउँनुभयो । राईले इलामको सिद्धिथुम्का निर्माण सेवाले प्राविधिक लागत इष्टीमेट रकम ३४ लाख ४० हजार ६ सय ६३ रुपैँया भएकोमा ३ प्रतिशत मात्रै विलोमा टेण्डर पारेको बताउँनुभयो । अन्य ठेक्कापट्टामा ६० प्रतिशतसम्म विलोमा टेण्डर पर्ने गरेको इतिहास रहेकोमा यस ठेक्का ३ प्रतिशत मात्रै विलोमा पर्नुले समेत लागत मुल्य बढेको राईको भनाई छ । इविडिङ सिस्टममा उक्त टेण्डरमा जम्मा ३ वटा कम्पनीले ठेक्का भरेकोमा सबैले बराबरीकै रकममा टेण्डर भरेको पाईएको छ ।

उक्त भवन निमार्णका लागि विभिन्न शीर्षकमा इन्स्योरेन्स, माटो खन्ने, माटो पुर्ने रड, ढलान लगायातमा उक्त रकम छुट्टिएको पाइएको छ । ठेक्का इष्टिमेट बनाउदा समेत १५ प्रतिशत नाफा र १३ प्रतिशत भ्याटको रकम जोडिने हुदा लागत महगोको लागत स्टीमेट बन्नेगरेको कनकाई नगरपालिकाका इन्जिनियर कुशल हुमागाईले पत्रकार सम्मेलनमा बताउँनुभयो । हामीले हेर्ने लागत स्टीमेट र ठेक्का र ठेक्का अनुसार काम भए नभएको वारेमा हो । यसअनुसार सबै कामहरु कानुनसम्मत रुपमा भएको छ । सामाजिक संञ्जालबाट वाहिरी फोटो हालेर हामीलाई गलत देखाउने र यसैअनुसार प्रचार गर्ने काम भएको छ । यो गलत हो पत्रकार सम्मेलनमा इञ्जिनियर हुमगाईले भन्नुभयो ।

कार्यालय गहिरो स्थानामा भएकोले केहि बढी खर्च लागेको र कार्यालयलाई आवश्यक पर्ने सबै बिजुली, फल्स सिलिङ, रङ्ग रोगन लगायातका कारण पनि लागत बढेको पाईएको इन्जिनियर हुमागाईले बताउँनुभयो । कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन न्यौपानेले कानुनी प्रक्रिया र लागत इष्टिमेटअनुसारनै भवन बनेको र कतिपय अवस्थामा व्याक्तिगत रुपमा मानिसले बनाउने घरको जस्तो सरकारी घर भवन बनाउदा भ्याट, अन्य शुल्कका कारण मुल्यमा फरक पर्नेहुदा भवन महगो जस्तो लागेको भएपनि प्रक्रियागत रुपमा ठिकठाक रहेको बताउँनुभयो । हामीले ठेक्का लगाउदा नाफा १५ प्रतिशत र भ्याट १३ प्रतिशत बढी जानेछ यसमा इन्सुरेन्सको रकम लगायातका कारण महगो पर्न गएको हुनजान्छ प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले भन्नुभयो ।

यता पत्रकार सम्मेलनमा कनकाई नगरपालिकाका प्रवक्ता कृष्ण राईले अबका केहिदिनभित्रै उक्त भवनमा वार्डकार्यालय सरेर आफ्नै भवनबाट सेवा सुविधा सुरु गरिने समेत जानकारी दिनुभयो ।

स्थानीय दाता रामचन्द्र पौडेलले उपलब्ध गराएको २ कठ्ठा जमिनमा कनकाई ६ को वार्डकार्यालय भवन निर्माण भएसगै वार्ड कार्यालय नसर्दा यस वारेमा विभिन्न टिका टिप्पनी सुरु भएको थियो ।

प्रकाशित मिति: २०२३-०७-०६ , समय : १८:०४:३१ , १ वर्ष अगाडि

error: Content is protected !!