झापा एक्सप्रेस , ८०७६२ पटक हेरिएको
झापा-झापा गाउँपालिकामा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ।
झापा-४ ग्रामथानका गौतम कुमार गणेशका ७ वर्षीय छोरा डेनिस गणेशको नेपाल-भारत सिमा नजिकै रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार अन्दाजी १२ बजे डेनिस खेल्नेक्रममा पानीमा डुबेका थिए।उनलाई तत्कालै उपचारका लागि बिर्तामोड स्थित बिर्तासिटी अस्पताल पुर्याइएको थियो।बिर्तासिटी पुर्याइएका उनलाई अस्पताल मृत घोषित गरेको हो।
प्रकाशित मिति: २०२३-०७-२४ , समय : १२:०५:१७ , १ वर्ष अगाडि