छालारोग शिविरबाट १८० जनाले लिए सेवा

झापा एक्सप्रेस , ११७९५  पटक हेरिएको

शरणामती।झापा गाउँपालिकामा छालारोगबाट ग्रस्त १८० जनाले नि:शुल्क स्वास्थ्य शिविरबाट सेवा लिएका छन् ।झापा गाउँपालिका स्वास्थ्य साखाको आयोजना र नेपाल कुष्ठरोग संगती(एन.एल.एफ) को सहयोगमा भएको कार्यक्रममा छालारोगीहरुले नि:शुल्क शिविरबाट सेवा लिएका हुन।

शिविरबाट सेवा लिने मध्ये २० जना हाइड्रोसिलका बिरामी रहेको स्वास्थ्य साखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए।त्यस्तै ३ जना हर्नियाका विरामी र ४ जना नयाँ कुष्ठरोगका विरामी शिविरद्वारा पहिचान गरिएको उप स्वास्थ्यप्रमुख प्रेम न्यौपानेले जानकारी दिए।

शिविरबाट रोग पहिचान गरिएका २० जना हाइड्रोसिलका बिरामीलाई नि:शुल्क उपचारका लागि आनन्दवन अस्पताल ललितपुर लैजाने तयारी भइरहेको नेपाल कुष्ठरोग संगती(एन.एल.एफ)का झापा संयोजक पर्शुराम पोखरेलले झापा एक्सप्रेसलाई बताए।उनले बिरामीलाई लैजाने यातायात खर्च समेत सरकारले व्यहोर्ने बताए।

प्रकाशित मिति: २०२२-०३-२७ , समय : २०:१२:३१ , ३ वर्ष अगाडि

error: Content is protected !!