स्वास्थ्यनै सबैभन्दा ठूलो धन हो,पहिलो प्राथमिकता स्वास्थलाई दिनुहोस-कावा अध्यक्ष थपलिया

झापा एक्सप्रेस , ४१०५०  पटक हेरिएको

टाघनडुब्बा।झापा गाउँपालिकाकी कार्हवाहक अध्यक्ष अन्जुदेवी थपलियाले स्वास्थ्यनै ठूलो धन हो भन्दै सबैलाई स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकता दिन आग्रह गरेकी छन् ।उनले सोमबार गाउँपालिकाको सभाहलमा सम्पन्न भएको डेङ्गी रोग रोकथाम तथा नियन्त्रणबारे अन्तरक्रियामा सहभागी सम्पुर्णमा यस्तो आग्रह गरेकी हुन् ।

अन्तरक्रियामा जिल्ला स्वास्थ्य कार्यालयका जिवनप्रसाद चम्लागाईं र कुलबहादुर पौडेलले डेङ्गी रोग रोकथाम तथा नियन्त्रणबारे सचेतना दिएका थिए।लामखुट्टेबाट सर्ने रोग डेङ्गु कसरी लाग्छ?यसका लक्ष्यणहरु,रोकथामका बारेमा चम्लागाईले सहभागीलाई बताएका थिए।उनले घरवरीपरी सफा पानी जम्ने बोतल,पानीट्याङ्की,बाल्टी आदीमा पानी जम्न नदिने र लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर छोप्ने कपडा लगाउने ,झुल ,लोसनको प्रयोग गर्ने बारे बताए।

झापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपानेले सन्चालन गरेको कार्यक्रममा वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,विद्यालयका प्रतिनिधीहरु ,कर्मचारी,स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०२३-०७-३१ , समय : २१:०५:३१ , १ वर्ष अगाडि

error: Content is protected !!