झापाली पत्रकारलाई ‘मोजो’ तालिम

झापा एक्सप्रेस , २३१५८  पटक हेरिएको

बिर्तामोड –नारी सञ्चार गृह झापाले मोवाइल पत्रकारिता (मोजो) सम्बन्धी एकदिने तालिम सम्पन्न गरेको छ ।आज बिहीबार विर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषको सभाहलमा सो तालीम सम्पन्न भएको हो ।

तालिमको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि एकराज गिरीले पत्रकारिता मल्टिमिडियाको युगमा पुगेको बताउनुभयो ।’अब पत्रकारले प्राबिधिक क्षेत्रमा समेत अघी बढ्न आवश्यक छ,हरेक समाचार हाम्रो मोबाइलमा आएका छन्,हामीले दर्शक,पाठकलाई अब हेर्ने,सुन्ने,पढ्ने सबै सामग्री प्रकाशन/प्रशारण गर्न सक्नुपर्छ’उहाँले भन्नुभयो।

३० जना प्रशिक्षार्थी रहेको तालिममा सहजीकरण गर्दै पत्रकार गणेशमान मुखियाले भिडियो कसरी खिच्ने, आम पब्लिकमाझ सार्वजनिक गर्नुअघि सम्पादन एवं मिक्सिङ कसरी गर्ने जस्ता विषयमा सहजीकरण गर्नुभएको थियो।

नारी सञ्चार गृह झापाका अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार पुष्प खड्का, प्रशिक्षार्थीका तर्फबाट तेस्पी भट्टराईले धारणा राख्दै तालिमबाट धेरै कुरा सिक्न पाएको बताउँदै प्राविधिक विषयमा अझै प्रशिक्षणको आवश्यकता रहेको बताउनु भयो ।

संस्थाका सहसचिव जोस्ना श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश संयोजक सञ्जु शिवाकोटी पार्नुभएको थियो ।

प्रकाशित मिति: २०२३-०८-०३ , समय : २०:३५:२३ , १ वर्ष अगाडि

error: Content is protected !!