लिलाराज झापाली , ९६६० पटक हेरिएको
सुरुङ्गा।कनकाई नगरपालिकाको कोरिया घटनाको छानविन गरि दोषीलाई कार्वाही गर्नका लागि कनकाई नगरका एमाले वाहेकका सबै सक्रिय दलले नगरपालिका वाहिर नारावाजी गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन ।
यहाँका सक्रिय राजनैतिक दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, साझा विवेकशील, नेकपा समाजवादी, जनता समाजवादी र संघिय लोकतान्त्रित मंचले आज नगरपालिका घेराउ नारावाजी र कोणसभा गर्दै विरोध प्रदर्शन गरेका हुन । विरोध प्रदर्शनमा कांग्रेसका कनकाई नगर अध्यक्ष दुर्गा प्रसाई, माओवादीका कनकाई नगर इन्चार्ज एवम् प्रदेश कमिटी सदस्य गोपाल प्रसाई, राप्रपाका कनकाई नगर अध्यक्ष ज्योतीकुमार उप्रेती, साझा विवेकशीलका नगर अध्यक्ष गोपाल चुडाल लगायातले नगरपालिकाले गरेका कमि कमजोरीलाई तत्काल छानविन गरि कार्वाहीको दायरामा ल्याउन चेतावनी दिएका छन ।
यसका लागि ३ दिने अल्टिमेटम दिइएको र सो पूरा नभए अझ सशक्त आन्दोलनको आधिवेहेरी ल्याउने समेत नेताहरुले चेतावनी दिएका छन । ७ दलको तर्फबाट ज्ञापन पत्र समेत जिल्ला प्रशासनमा बुझाइएको छ । आधा घण्टा नगरपालिकाको गेटमा ताला लगाउने कार्यक्रम रहेको बताइएपनि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको कारण तालाबन्दी भने हुन पाएन । केहिदिन पहिले एक टेलिभिजनबाट कनकाईका कोरिया प्रकरणका वारेमा समाचार बाहिरिएपछि कनकाईका ७ दलहरु आन्दोलनमा छन । यता कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेल भने कोरिया घटनामा कनकाई नगरपालिकाले समन्वय मात्रै गरिदिएको पत्रकार सम्मेलन गरेर बताउनुभएको थियो ।
प्रकाशित मिति: २०२२-०३-२९ , समय : ०८:५७:३० , ३ वर्ष अगाडि