झापा एक्सप्रेस , २०३८६९ पटक हेरिएको
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर १ की २७ बर्षीया सिर्जना संग्रौलाको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको छ । मनमोहन अस्पतालमा सुत्केरी गराएपछि स्वास्थ्य अवस्था जटिल बनेको संग्रौलाको चिन्ताजनक अवस्थामा बिर्तासिटी अस्पतालमा उपचार भइरहेको हो ।
‘अस्पतालको सम्पूर्ण टीम उहाँको उपचारमा खटिएको छ,’ अस्पतालका प्रशासन प्रमुख विनोद बस्नेतले भने, ‘उहाँको कोमा अवस्थामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ, एक किमिम ब्रेन डेथको अवस्था छ ।’ अस्पताल ल्याईपुर्याउँदा दिमागमा रगत जमिसकेका कारण तत्काल अपरेशन गरेपनि अवस्था सुधार हुन नसकेको उनले बताए ।
सिर्जनालाई प्रसुती गराउन शनिबार विहान मनमोहन अस्पताल भर्ना गरिएको थियो । उनले अपरेशनबाट छोरीलाई जन्म दिएकी थिइन् । अपरेशन पश्चात एक्कासी उनको रक्तचाप बढेपछि शनिबार साँझ बिर्तासिटी अस्पताल लगिएको थियो ।
प्रकाशित मिति: २०२३-०८-१५ , समय : ११:०५:२५ , १ वर्ष अगाडि