पाँच लाख घुस रकमसहित इन्जिनियर र लेखापाल पक्राउ

झापा एक्सप्रेस , ५०५०१  पटक हेरिएको

झापा-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित गाउँपालिकाका इन्जिनियर र लेखापाल पक्राउ गरेको छ । आयोगको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकाका एमआइएस अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई घुस रकमसहित पक्राउ गरेको हो ।

बुधवार बिहान ९ बजे सेवाग्राहीसँग अपरेटर यादवले दुई लाख नगद र लेखापाल यादवले तीन लाख रुपैयाँको चेक लिँदै गरेको अवस्थामा आयोगको इटहरीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ । उनीहरूले गाउँपालिकामा सोलार बत्ती जडानलगायतको योजनामा भुक्तानी गर्दा सेवाग्राहीसँग घुस लिएको बताइएको छ ।

प्रकाशित मिति: २०२३-०८-१६ , समय : १३:१३:४१ , १ वर्ष अगाडि

error: Content is protected !!