झापा गाउँपालिकाबाट जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

झापा एक्सप्रेस , ६५१६१  पटक हेरिएको

झापा-झापा गाउँपालिकाबाट जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका-२ हेल्थपोष्ट टोल बस्ने ५७ वर्षीय दिलिप माझीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ ।

माझीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रकाशित मिति: २०२३-०८-१८ , समय : १८:०३:४७ , १ वर्ष अगाडि

error: Content is protected !!