तीन मुटु, नौ मस्तिष्क र आठ खुट्टा भएको यो अनौठो जीव, जान्नुहोस् संसारका केही रोचक तथ्य

झापा एक्सप्रेस , १४१८९  पटक हेरिएको

संसारमा यस्ता धेरै रोचक कुराहरु छन्, जुन कुराले अचम्ममा पर्छन् । उदाहरणका लागि, फिलिपिन्समा पाइने बया नामक चरालाई उज्यालोमा बस्न यत्ति धेरै मन पर्छ कि उसले आफ्नो गुँडको वरिपरि माटोको लेप राख्छ र त्यसमा जुनकिरीहरु टाँस्छ, जसले गर्दा उज्यालो दिइरहन्छ। आज हामी तपाईलाई केहि यस्ता रोचक तथ्यहरु बताउन गइरहेका छौँ, जसको बारेमा थाहा पाएर तपाई पनि भन्नुहुनेछ, ‘हामीलाई यो थाहा थिएन’ ।

१.तपाईलाई थाहा होला कि सगरमाथा विश्वको सबैभन्दा अग्लो हिमाल हो, जसको उचाई ८,८४८ मिटर छ, तर के तपाईलाई थाहा छ कि पृथ्वीमा १५,००० मिटर भन्दा अग्लो हिमाल हुनु सम्भव छैन? हो, यो पृथ्वीको गुरुत्वाकर्षणको कारण हो।

२.१४ अप्रिल १९१२ मा टाइटानिक संसारको सबैभन्दा ठूलो वाफमा आधारित यात्रु जहाज,२६९ मिटर लम्बाइको जहाज समुद्रमा डुब्यो। तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि यदि यो जहाज जमिनबाट सीधा बनाइएको भए यो आफ्नो समयको हरेक भवनभन्दा अग्लो हुने थियो। यति मात्र होइन, यसका चिम्नीहरू यति ठूला थिए कि त्यहाँबाट दुईवटा रेल सहजै गुज्रन सक्थे।

३.विश्वका एक महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनका अनुसार हामीले रातको आकाशमा देख्ने लाखौं ताराहरू वास्तवमा हामीले देखेको ठाउँमा होइन,तिनीहरू अन्यत्र छन्। हामी तिनीहरूले लाखौं वर्ष पहिले छोडेको प्रकाश मात्र देखिरहेका छौ।

४.अक्टोपस एक धेरै अनौठो समुद्री जीव हो, जसलाई ‘डेविलफिस’ पनि भनिन्छ। मानिसमा एउटा मात्र मुटु र एउटा मस्तिष्क हुने भएतापनि अक्टोपसको तीनवटा मुटु र नौवटा मस्तिष्क हुने कुरा थाहा पाउँदा तपाईलाई अचम्म लाग्न सक्छ । यति मात्र होइन, उसका आठ खुट्टा पनि छन्, जसका कारण उसलाई ‘अष्टबाहु’ पनि भनिन्छ ।

५.कंगारुहरू अष्ट्रेलियाका मूल निवासी हुन् र तिनीहरू त्यहाँको विकासको प्रतीक पनि हुन्, किनभने यी अनौठो जनावरहरू सधैं अगाडि हिड्छन्, कहिल्यै पछाडि फर्केर हिड्दैनन। कङ्गारु एउटा यस्तो जनावर हो जसले आफ्नो छालाबाट बनेको झोलामा आफ्ना बच्चा राख्छन।

स्रोत-खोजमुलक वेबसाइटहरु

प्रकाशित मिति: २०२२-०३-३० , समय : २०:०१:२७ , ३ वर्ष अगाडि

error: Content is protected !!