झापा एक्सप्रेस , ६७६१३ पटक हेरिएको
शरणामती -झापाको झापा गाउँपालिका पछिल्लो समय ब्राउनसुगरको ट्रान्जिट पोइन्ट बन्दै गइरहेको छ।भारतको बिहारसँग सिमाना जोडिएको यस पालिकाबाट दिनहुँ जसो लागुऔषध ब्राउनसुगरका प्रयोगकर्ता र कारोबारी पक्राउ पर्न थालेका छन् ।
खुल्ला सीमानाको फाइदा उठाउँदै सुनको हाराहारीमा बिक्री हुने ब्राउनसुगरको तस्करी बढेर गएको छ ।
गत आइतबार सशस्त्र प्रहरीद्वारा झापा -१ को बेलायतीवारि सिमा इलाकाबाट ५० ग्राम लागुऔषध ब्राउनसुगर सहित तीनजना पक्राउ परेको केही दिन नवित्दै सोही स्थानबाट बुधबार दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिर्तामोड-१ का २७ वर्षीय निश्चल सुवेदी र झापा-२ कुवाडीका १९ वर्षीय शिव कामती रहेको सशस्त्र प्रहरीले जनाएको छ।
आज बुधवार अन्दाजी साँझ ५.५० बजे को ३४ प ७८७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल बिओपी टाघनडुब्बाबाट सशस्त्र प्रहरी निरिक्षक दिपेन्द्रमणि राईको कमान्डमा खटिएको टोलीले संका लागि चेकजाँच गरेको थियो।चेक जाँच गर्दा उनीहरुको साथबाट २ ग्राम हेर्दा ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ बरामद गरिएको सप्रबल नम्बर २ गणका सुचना अधिकारी दिनेस कटुवालले जानकारी दिए।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको छ।
प्रकाशित मिति: २०२३-०८-३० , समय : २०:५९:२९ , १ वर्ष अगाडि